ममीको विहेपछी पहिलोपटक मिडियामा आएकी परिषोतिकाले भनिन “ममीको बिहे जीवनको सबैभन्दा ठूलो खुशी” (भिडियो सहित)

समाचार

सुमधुर स्वरकी धनी एवम् सर्वाधिक चर्चित गायिका अन्जु पन्तले भर्खरै मात्रै थिर कोइरालासँग वैवाहिक बन्धनमा बाँधिएकी छिन्। नेपाली गायन क्षेत्रमा उनले कुनै समयका अत्याधिक चर्चित गीतहरू गाएकी छिन् जसमध्ये न बिर्सें तिमीलाई…, म तिमी बिना मरीहाल्छु, भुन भुन बोल्यो भमरा आदि रहेका छन् । उनले हालसम्म १८ वटा नेपाली चलचित्रका लागि गीत गाईसकेकी छिन् भने सयौं सांगीतिक एल्बममा आफ्नो आवाजको जादु छरिसकेकी छिन्।

अन्जु पन्त सबैभन्दा बढी गीत गाउने, सबैभन्दा बढी पुरस्कार पाउने र गीतबाट सबैभन्दा बढी आम्दानी गर्ने गायिकाको रुपमा राम्रोसँग दरिएकी छिन्। त्यीनै अन्जु पन्तकी छोरी परितोशिका यतिबेला मोडलिङमा आफ्नो करिअर बनाउने क्रममा छिन्। उनले एउटा अन्तर्वार्ताका क्रममा आफ्नो सबैभन्दा खुसीको क्षण नै ममीको बिहे भएको बतएकी छिन्।उनी ममीको बिहे गर्दा सबैजना रुएतापनि आफू खुसी रहेको बताएकी छिन्।

उनी भन्छिन्,’ ममीले यतिबेला केयरिङ हज्ब्याण्ड पाउनुभएको छ त्यसैले म ढुक्क छु। उहाँहरूको लाइफ सधैं सुखमय रहोस् र कहिले पनि दुखहरू झेल्नु नपरोस्।’ त्यसैगरी आफ्नो सबैभन्दा दुखको क्षण सेयर गर्ने क्रममा उनले भनेकी छिन्,’म सानो हुँदा ममीलाई पहिलेको बाबाले सारै नराम्रोसँग पिट्नुहुन्थ्यो जुन सम्झिँदा अझै पनि मलाई दुख लागेर आउँछ।’

उनी भन्छिन् ,’ आफूलाई चाहिँ आमा जस्तो लाग्ने र आमालाई चाहिँ छोरी जस्तो लाग्ने गर्दछ। कहिलेकाही त आमको केटाकेटीपन देखेर गाली पनि गर्दछु। मेरो ममी असाध्यै कमेडी,क्यारिकेचर गर्न रुचाउनुहुन्छ। कुनै कुनै बेला त गाली नै गर्नुपर्ने हुन्छ।’

उनीले आफूले मोडलिङ क्षेत्र नै रोज्नुको कारण चाहिँ के हो भनेर सोधेको प्रश्नमा उनी भन्छिन्,” आफू सानो छँदा घरमा कोहि मान्छे आउनुभयो भने धेरैजसो केटाकेटीहरूले नाचेर देखाउँछन् भने म चाहिँ क्याटवाक गरेर देखाउने गर्थें।”

प्रस्तुत अन्तर्वार्तालाई अन्त्यसम्म हेर्न चाहनुहुन्छ भने कृपया तल दिइएको लिंकलाई क्लिक गर्नुहोला:

Leave a Reply

Your email address will not be published. Required fields are marked *