धुर्मुसलाई कैलालीमा सबैले घेरे; नरोउ रंगशाला बनाउ भन्दै बाटोमै यतिधेरै सहयोग (भिडियो सहित)

समाचार

हास्यकलाकारद्वय धुर्मुस र सुन्तली अर्थात् नेपाली कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेको जोडी यतिबेला गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशालाको निर्माणार्थ सहयोगका लागि मेची महाकाली अभियानमा जुटिरहनुभएको छ।

वि.सं २०७२ बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको बिनाशकारी भूकम्पमा पीडित भएका व्यक्तिहरूको उद्धार, राहत, मानवीय सहायता तथा भुकम्पमा भत्किएका संरचनाहरूको पुननिर्माण तथा पुनर्वास गर्ने उदेश्यका साथ यसको स्थापित संस्थाले हाल चितवनमा अन्तर्राष्ट्रिय स्तरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाइरहेको छ।

रंगशाला बनाउने क्रममा देश विदेशबाट सम्पूर्ण नेपालीहरूको सहयोग भएर नै यहाँसम्मको सफलता हात परेको हो।धेरै पैसा नभएपनि धेरै ठूलो मन हुनेहरूको सहयोगले साँच्चिकै सम्पूर्ण नेपालीहरूलाई एकताको सूत्रमा बाँधेको छ।

बनाउँदा बनाउँदै धेरै रिण भार भएपछि पुनः सहयोग जुटाएर उक्त रिणलाई मिनाहा गर्ने उद्धेश्यका साथ उनी यतिबेला मेची महाकाली अभियानमा जुटिरहेका छन्। उनलाई विश्वास छ कि सम्पूर्ण नेपालीहरूको सानोसानो सहयोगले नै रंगशाला निर्माणको बाँकी रहेको काम सम्पन्न गर्नलाई सहयोग गर्नेछ।

हुन त कतिपयले यस किसिमको सामाजिक कामलाई पूर्वाग्रही हिसाबले विश्लेषण गरेको पनि पाइएको छ। यद्यपि यी कुराहरू सम्पूर्ण रुपमा निराधार एवम् कोपलकल्पित छन्। यी कुराहरूले यस अभियान्तालाई निराश बनाउने तर्फ दुस्साहस मात्र गर्दै गरेको देखिन्छ। अभियानका मूख्य अभियान्ता धुर्मुसले भनेका छन् कि एक मुठी सास र सम्पूर्ण नेपालीको साथ रहुन्जेल अभियानमा थाक्ने छैनौं।

यस अभियानसँग मेची महाकाली यात्रामा निस्केका धुर्मुस र उनको अभियानलाई एक झलक यो भिडियोबाट पनि हेरेर जनताको सक्रिय सहभागितालाई बुझ्न सक्नुहुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *