सर्व साधारणको लापरवाही बढेको भन्दै आज बाट निषे`धाज्ञा लागू

लकडाउन खबर

काठमाडौ । चाडपर्व नजिकिए संगै बढेको चहल पहलले कोरो`नाको जो`खि`म बढाएको भन्दै आजबाट मोरङमा निषे`धाज्ञा लागू गरिएको छ। पछिल्लो समय सर्वसाधारणको लापरवाही बढेको भन्दै प्रशासनले निषे`धाज्ञा लागू गरेको हो ।

त्यस्तै झापा र सुनसरीमा भने एकदिन अघि बाट नै जिल्ला प्रशासन कार्यालयले निषे`धाज्ञा लागू गरेका हुन्। त्यस्तै पार्टी प्रवेशका नाममा गरिने राजनीतिक दलका कार्यक्रमले पनि जोखिम बढाएको भन्दै प्रशासनले सतर्कता अपनाएको हो ।

प्रदेश १ को सबै भन्दा बढी संक्र` मित देखिएको जिल्ला मोरङमा आजदेखि कार्तिक १५ गते राती १२ बजेसम्मका लागि निषे`धाज्ञा लागु गरिएको छ। चाडपर्व र परम्पराका नाममा गरिने पूजापाठ कार्यमा संलग्न हुँदा हुने भीडभाडलाई रोक्न निषे`धाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले बताए। मोरङमा साँझ ८ बजे देखि बिहान ५ बजेसम्मका निषे`धाज्ञा लागू हुनेछ।

अहिले गरिएको निषे`धाज्ञा दशैं तिहारका समयमा हुने विशेष भिड`भाडलाई रोक्ने उद्दे`श्य रहेको प्रशासनले जनाएको छ । ‘त्यतिमात्र होइन शुभकामना आदानप्रदान भन्दै राजनीतिक विभिन्न संगठनका नाममा गरिने ठूला ठूला कार्या`क्रमलाई पनि रोकिएको प्रशासनको भनाई छ ।

त्यसै गरी साँझ ८ बजेदेखि विहान ५ बजेसम्म राजमार्गमा चल्ने बाहेक लामो दुरीका बाहेक अन्य आवात जावतमा रोक लगाइएको छ। सो समय पसल, होटेल देखि मानिसको आवत जावत समेत बन्द गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *