सेनाको हे’लिकप्टर दु’र्घटना हुदा चालक द’लका सदस्यसहित ९ जनाको मृ’त्यु

अन्तरास्ट्रिय

एजेन्सी, ५ चैत । अफगानिस्तानको वा’र्दाक प्रान्तमा अफगान वा’यु सेनाको एक हे’लिकप्टर दु’र्घटना हुँदा ९ व्यक्तिको मृ’त्यु भएको रक्षा मन्त्रालयले बिहीबार पुष्टि गरेको छ ।बुधवार राती वार्दाक प्रान्तको बि’हसुद जिल्लाको सो दु’र्घटना भएको थियो ।

यस दु’र्घटनामा परी चार जना चालक द’लका सदस्य र पाँच अफगान राष्ट्रिय सेना मा’रिएका मन्त्रालयद्वारा प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।सेनाले दु’र्घटनाको विषयमा अनुसन्धान गरिरहेको र सत्यतथ्य विवरणहरू बाहिर आएपछि जारी गर्ने पनि विज्ञप्तिमा ज’नाइएको छ ।

गत नोभेम्बरमा पनि पूर्वी प्रान्त ना’न्र्गाहरमा सेनाकै हेलिकप्टर दु’र्घटनाग्र’स्त हुँदा अ’फगान वा’यु सेनाका दश सदस्य मा’रिएका थिए ।थप समाचार :ताञ्जनियाका राष्ट्रपति जोन मा’गुफुलीको नि’धन भएको छ ।६१ वर्षका राष्ट्रपति जोनको हिजो अस्पतालमा निधन भएको त्यहाँका उपराष्ट्रपति सामिया सु’लुहु ह’सनले पुष्टि गर्नु भएको हो ।

मु’टुसम्बन्धी स’मस्याका कारण मा’गुफुली पछिल्लो दुई हप्ताभन्दा लामो समयदेखि सार्वजनिक रुपमा देखिनु भएको थिएन ।गएको हप्ता विपक्षी दलका नेताले उहाँलाई कोरोना भाइरसको सङ्क्रमण भएको बताएका थिए । तर, तर यसको आधिकारिक पुष्टि भने भएको छैन । कोरोना भाइरसलाई लिएर शङ्का व्यक्त गर्ने उहाँले कोरोनाबाट जोगिन प्रार्थना गर्ने र आयुर्वेद औ’षधि खाए हुने दा’बी गर्दै आउनु भएको थियो ।

राष्ट्रपति मागुफुलीको नि’धनपछि ताञ्जनियामा १४ दिने राष्ट्रिय शो’कको घो’षणा गरिएको छ । ताञ्जनियाको संविधानअनुसार अब उपराष्ट्रपति हसनले नयाँ राष्ट्रपतिका रुपमा शपथ लिनु हुने छ । उहाँले राष्ट्रपति मागुफुलीको स्वास्थ्यलाई लिएर विपक्षी नेताहरुले अनावश्यक हल्ला फैलाइरहेको आरोप पनि लगाउनु भएको छ ।

तर, विपक्षी नेताहरुले भने राष्ट्रपति मा’गुफुलीको केन्याको एक कोरोना अस्पतालमा उपचार भएको दा’बी गरेका बीबीसीले जनाएको छ ।राष्ट्रपति मागुफुलीले गएको जुनमा ताञ्जनियालाई को’रोनामुक्त घो’षणा गर्नु भएको थियो । उहाँले मास्कको प्र’भावकारीताबारे शङ्का व्यक्त गर्नु भएको थियो ।ता’ञ्जनियाले गएको मे महिनादेखि कोरोना भाइरसको सङ्क्रमणबारे कुनै जानकारी सार्वजनिक गरेको छैन भने कोरोनावि’रुद्धको खोप खरिदका लागि पनि अ’स्वीकार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *