काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

समाचार

काठमाडौं । काठमाडौं उपत्यकामा भर्खरै भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार १० बजे काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रकाअनुसार बिहीबार बिहान १० बजेर ५ मिनेट जाँदा काभ्रेको सीसाखानीलाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्नेच्यूडको भूकम्प गएको हो । सो भूकम्पको धक्का काठमाडौं उपत्यमासमेत महसुस गरिएको थियो ।

२०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु बनाएर गएको ७.६ म्याग्नेच्यूडको शक्तिशाली भूकम्पबाट भएको क्षतिको पुनर्निर्माण सम्पन्न भइसकेको छैन ।तर, बेला बेलामा आउने भूकम्प र यसका पराकम्पले मानिसले अत्याउने गरेको छ । बिहीबार गएको सो भूकम्प पनि बारपाक भूकम्पकै पराकम्प रहेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *