भेष बद्लेर जनताको समस्या बुझ्न घुम्न निस्कन्थे राजा महेन्द्र

समाचार

राजा महेन्द्र जनताका गुनासा एवं समस्या सुन्न र बुझ्न कहिलेकाहीँ आफैँ पनि सडकमा निस्किन्थे । प्रशासनिक निकाय र कर्मचारीले जनतालाई दु:ख दिएको उनलाई पटक्कै मन पर्दैनथ्यो । विसं २०१९ भदौ महिनाको कुरा हो ।म राजदर`बारको संवाद सचिवालयमा काम गर्थें ।

कार्यालयका हाकिम आफू नजिकका मानिसह`रूलाई सतर्क रहन नेवारी भाषामा खासखुस गरिरहेका थिए । आफू हाकिमको नजिकको मानिस परिएन, फेरि मलाई नेवारी भाषा बोल्न आउँदैनथ्यो, बुझ्न पनि त्यति राम्रोसँग बुझ्दिनथेँ । त्यस दिन डराएको र बडो अनुशासित ढंगले कर्मचा`रीहरू आ–आफ्नो काममा खटिएका थिए ।

वास्तवमा अघिल्लो दिनको राजा महेन्द्रको कदमले उनीहरूलाई झ`स्काएको रहेछ । प्रशासन त्यतिबेला जनताको नजरमा अलिक बदनाम थियो । विभिन्न किसिमका गुनासा र उजुरी परेपछि राजा महेन्द्रले नेपाल प्रहरीका आईजीपी जीबी याक`थुम्बालाई हटाएर उनको ठाउँमा ढुण्डीराज शर्मालाई नियुक्त गरेका थिए ।

यसो गर्दा पनि तल्लो तहमा व्याप्त भ्रष्टाचार कम नभएको उजुरी राजाकहाँ परिरहेका थिए । असनबाट राजदरबारतर्फ फर्किंदै गरेका राजाको मनमा लागेछ, आफैँ यसो परीक्षण र निरीक्षण किन नगर्ने ?त्यही सोचेर अघिल्लो राती ११ बजे राजा महेन्द्र कार्यालयको काम सकेर ‘मुड फ्रेस’ गर्न भनेर आफैँले मोटर चलाएर दरबारबाहिर निस्किएका रहेछन् ।

यसको जानकारी दरबारको सम्बन्धित नि`कायलाई पनि थिएन । चिसो हावा खाँदै टुँडि`खेल, नयाँसडक, इन्द्र`चोक हुँदै असनबाट उनी राजदरबा रतर्फ फर्किंदै रहेछन् । राजा आफ्नो मोटरको हेड लाइट निभाएर बिस्तारै असनबाट अगाडि बढिरहेका थिए । गणेशस्थानमा सेन्ट्री बसेका प्रहरीले गाडी रोकेछन् ।

सेन्ट्रीले अगाडिको बत्ती बाल्न भनेछन् । राजाले नम्र हुँदै आफ्नो मोटर बिग्रिएकाले बनाउँदा बनाउँदै राती भयो, आज यत्तिकै भयो, भोलि बत्ती बनिहाल्ने भएकाले छाडिदिन आग्रह गरेछन् । तर पनि ती प्रहरीले मानेनछन् । राजाले खल्तीबाट १० रुपियाँ झिकेर तिनको हातमा थमाउने प्रयास गरेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *