शुन्य लागतमा कतार जान चाहनेहरुको लागि भोलिदेखि ३ दिनसम्म अन्तर्वार्ता हुने, तलव ८० हजारसम्म !

रोजगार खबर

हाल इन्टरनेशनल म्यानपावर रेक्रुटमेन्ट प्रालिले कतारको URban Hospitality Servicesको लागि ५२ जनाको डिमाण्ड ल्याएको छ । जुन कम्पनीमा जानको लागि नेपालमा कुनै पनि अतिरिक्त शुल्क तिर्नु नपर्ने म्यानपावर कम्पनीले जनाएको छ ।

वैदेशिक रोजगार काठामाडौं कार्यालय ताहाचलबाट २०७७ माघ ६ गते Gen Clean Worker(पुरुष ३५ महिला १५ जना) Supervisor२ जना पुरुष) को लागि पुर्व स्वीकृति लिएर विज्ञापन गरिएको छ । Gen Clean Worker को न्यूनतम मासिक तलब ३१ हजार ९८० Supervisorको तलब ७९ हजार ९५० रहेको छ भने खान र बस्न अतिरिक्त शुल्क तिर्नुपर्दन ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

वैदेशिक रोजगारीमा स्वच्छ भर्ना प्रक्रिया अवलम्बन गर्दै शुन्य लागतको अवधारणालाई व्यवहारमै लागू गरेर देखाउने प्रयासमा लागेको छ, इन्टरनेशनल म्यानपावर रेक्रुटमेन्ट प्राल। श्रमिकबाट नभई रोजगारदाताबाट नै म्यानपावर कम्पनीलाई सेवा शुल्क आउने भएकोले यो कम्पनीमा कतार जाँदा म्यानपावर कम्पनीलाई सेवा शुल्क तिर्नुपर्दैन ।

स्वदेशमा गरिने मेडिकल खर्च, म्यादी जीवन बीमा र अभिमुखीकरण तालीम बापतको शुल्क जाने श्रमिकले तिर्नुपर्नेछ यस बाहेक अन्य सबै खर्च रोजगारदाता कम्पनीले व्यहोर्ने म्यानपावर कम्पनीले जनाएको छ ।

माघ १३ ,१४ र १५ गते गते गते म्यानपावर कार्यालय ग्वाकोंमाअन्तर्वार्ता हुने कम्पनीले जनाएको छ। कोमिड-१८ को रोकथाम प्रकिया र सामाजिक दूरी कायम गरी श्रमिक छनौट अन्तर्वार्ता संचालन गरिने जनाइएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *