मले सियामा गैर कानूनी रुपमा बसेका नेपाली सहित २ सय बढी श्र मिक प`क्राउ

अन्तरास्ट्रिय

दोहा– मलेसियाको अध्या`गमन विभागले गैरकानूनी रुपमा बसेका नेपालीसहित २ सय ५ आप्रवासी श्रमिकलाई पक्रा`उ गरेको छ ।अध्यागमनले त्यहाँको पुडु अपार्टमेन्टमा छापा मारेर उनीहरु प`क्राउ गरेको हो ।प क्रा`उ पर्नेहरुमा नेपाल,बंगलादेश र इन्डोनेसियाका रहेका छन् ।

पक्रा`उ परेकाहरुसंग वैध कागजात, पास वा अनुमतिपत्र केही नभएको विभागलाई उदृ`त गर्दै मलेसिया बाट प्रकाशन हुने द स्टार पत्रिकाले जनाएको छ ।पक्रा`उ गरिएका केही व्यक्तिहरू २०१६ देखि गैरकानूनी तरिकाले त्यहाँ रहेको बताइएको छ । पक्रा`उ गरिएकाहरु २० देखि ४० वर्ष उमेर समूह बीचका रहेका विभागले जनाएको छ ।

क्वालालम्पुर अध्यागमन निर्देशक हमीदी आद`मका अनुसार जनताबाट गुनासो आएपछि विभागले उक्त अपार्टमेन्टमा छापा मारेर उनीहरुलाई प`क्राउ गर्न सफल भएको हो ।उनीहरुलाई थप अनुसन्धानका लागि क्वाला`लम्पुर अध्या`गमन मुख्या`लयमा पठाइएको निर्देशक हमीदीले बताए । पक्राउ परेकाहरुको परिचय खुलाइएको छैन ।

मलेसियाले गैरकानूनी रुपमा बसेका नेपालीसहित आप्रवासी कामदारलाई गत डिसेम्बर देखि नै स्वदेश फर्किने मौका प्रदान गरेको छ ।मलेसिया सरकारले त्यहाँ गैरकानूनी रुपमा रहेका कामदारहरुको व्यवस्थापनको लागि रिक्याली ब्रेसन कार्यक्रम घोषणा गरेर स्वदेश फर्काईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *