१३० बर्षपछि पहिलो पटक हिम उल्लु देखियो

रोचक खबर

काठमाडौँ । हिम उल्लूको दुर्लभ तस्वीर यतिबेला भाइरल बनिरहेको छ । १३० बर्षपछि पहिलो पटक न्यूयोर्कको सेन्ट्रल पार्कमा देखा परेसँगै उक्त तस्विर भाइएरल बनेको हो ।न्यू योर्क शहर विभागको पार्क्स तथा रिक्रिएशनको सामाजिक सञ्जालमार्फत यो चराका बारमा जानकारी दिइएको हो ।जसमा ‘हिम उल्लू एक्लै बस्न हुन मन पराउँदछ।

कृपया यसबाट दूरी राख्नुहोस्, ताकि सबैले यो अनौंठो क्षण अनुभव गर्न सक्दछन् भनी लेखिएको छ ।जानकारहरुका अनुसार प्रायजसो अन्य उल्लूहरू दिनमा सुत्छन् र सिकारको लागि रातमा उठ्छन्।

तर हिम उल्लुहरू दिनमा पनि सक्रिय हुने गरेका कारण यसका आनीबानी र स्वभावहरुले देख्नेहरु अचम्मित बनेका छन् । यस प्रजातिको भाले उल्लू पूर्णतया सेतो हुन्छ ।तर, पोथीको शरीरमा खैरो रंगको दागहरू छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *