संसारकै सबैभन्दा अभागी जोडी जसले ३० अर्ब रुपैयाँको लट्री जिते तर एक रुपैयाँ पनि पाएनन्

रोचक खबर

काठमाडौं। २१ वर्षका युवक र १९ वर्षकी युवतीको एक जोडीले १८२ मिलियन पाउण्ड (झण्डै ३० अर्ब नेपाली रुपैयाँ) बराबरको ज्याकपट लट्री जितेका थिए तर एउटा सानो गल्तीका कारण उनीहरुले एक रुपैयाँ पनि पाएनन् ।

खासमा उनीहरुको लट्रीको ७ हप्ताका नम्बरहरु सबै मिलेका थिए तर उनीहरुले लट्री टिकट किन्नको लागि समयमै पैसा तिरेका थिएनन् । पैसा नतिरेका कारण उनीहरुको टिकट किनिएर र उनीहरुको टिकट रद्द भयो । टिकट रद्द भएसँगै उनीहरुले यो लट्रीमा जितेको पैसा पनि पाएनन् ।

द सनको रिपोर्टअनुसार हर्टफोर्डशायरका १९ वर्षकी रचेल केनेडी र २१ वर्षका लियाम म्याकक्रोहानले किनेको लट्रीको सातवटै नम्बर ७ हप्तापछिको ड्रमा मिलेको थियो । तर, उनीहरुले केही पनि नपाउने थाहा पाएपछि पूरै निराश भए ।

उनीहरुले लक्की ड्रको लागि ७ हप्तासम्मको लागि सात अंकहरु ६, १२, २२, २२, २९, ३३, ६ र ११ खेलेका थिए । रचेलको बैंक खाताबाट यी अंकहरुका टिकट खरिदको लागि स्वचालित रुपमा पैसा भुक्तानी हुने गरी सेट गरिएको थियो । तर, रचेलको खातामा पैसा नभएका कारण टिकटको पैसा भुक्तानी भएन ।

रचेलले सुरुमा एप चेक गर्दा उनले आफ्नो सामान्य नम्बर सबै मिलेको सूचना पाएकी थिइन् । यो देखेपछि उनले आफूले ज्याकपट जितेको विश्वास गरिन् । उनले तत्कालै आफ्ना प्रेमी लियाम र आमालाई बोलाइन् । उनहिरु पनि आश्चर्यचकित भए र लट्रीको कार्यालयमा फोन गर्ने निर्णय गरे ।

जब रचेलले फोन गरिन् त्यसपछि लट्रीका कर्मचारीले भने ‘हो, तपाईँसँग सही नम्बर छ तर टिकटको भुक्तानीका लागि तपाईँसँग आफ्नो खातामा रकम थिएन त्यसैले तपाइँहरुको टिकट किनिएको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *