नख्खुमा क्याम्पस हिँडेकी छात्राको मृ’त्यु, स’हपाठीको मृ’त्युपछि सडकमा मल्टिपल क्याम्पसका विद्यार्थी

समाचार

काठमाडौं-ललितपुरको नख्खुमा जीपले ठ’क्कर दिँदा क्याम्पस जाँदै गरेकी एक जना छात्राको मृ’त्यु भएको छ। बुधबार बिहान पौने ६ बजे स १ ज ५६७ नम्बरको जीपले ठ’क्कर दिँदा १९ वर्षीया छात्रा अञ्जु दाहालको मृ’त्यु भएको हो ।प्रहरीका अनुसार सिन्धुपाल्चोक घर भइ ललितपुरको बा’गडोलमा डे’रामा बस्दै आएकी १९ वर्षीया अञ्जु दाहाल कोटेश्वरको म’ल्टिपल क्याम्पसमा अध्ययनरत थिइन्। जिपको ठ’क्करबाट ग’म्भीर घा’इते दाहालको उपचारको क्रममा पाटन अस्पतालमा मृ’त्यु भएको हो।

सडक पार गर्ने क्रममा उनलाई जिपले ठ’क्कर दिएको प्र’त्यक्षदर्शीहरुले बताएका छन्। घ’टनापछि जिप चालकलाई प्रहरीले पक्राउ गरेको छ। स’हपाठी अञ्जु दाहालको मृ’त्युभएपछि मल्टिपल क्याम्पस (कोटेश्वर) का विद्यार्थी वि’रोधमा उ’त्रिएका छन्।

यो पनि पढ्नुहोस : टोकियोमा आपतकाल नहट्ने : कोइके

टोकियो । टोकियोमा आपतकाल हटाउन पर्याप्त हुने गरी कोरोना भाइरसको संक्रमितको संख्या नघटेको चिन्ता त्यहाँकी गभर्नर युरिको कोइकेले गरेकी छिन् । मंगलबार राजधानीमा २३२ नयाँ संक्रमित थपिएको बताइएको छ ।टोकियो, खानागावा, चिबा र साइतामामा यही आइतबार आपतकालको म्याद सकिदैंछ । यी क्षेत्रमा हटाउने कि नहटाउने भन्नेबारे केन्द्र सरकारले विचार गरिरहेको छ । सोमबार टोकियोमा १२१ संक्रमित थपिएका थिए । यो नोभेम्बर यताकै न्यून दैनिक वृद्धि हो ।

कोरोना भाइरस संक्रमितको संख्या घट्ने क्रम सुस्ताएको कोइकेको भनाइ छ । तर आपतकाल नै हटाउन सकिने गरी पर्याप्त भने नरहेको कोइके बताउँछिन् । मार्च ७ मा आपतकाल नहट्न सक्ने संकेत समेत उनले गरेकी छिन् ।अघिल्लो हप्ता देखिएको औसत दैनिक संक्रमितको तुलनामा नयाँ संक्रमितको संख्या ७० प्रतिशतमा झार्ने लक्ष्य टोकियो महानगर सरकारले राखेको छ । तर यो दर ८० देखि ९० प्रतिशतको बीचमा रहेको र तोकिएको समयमा सो लक्ष्य पूरा हुने नदेखिएको समेत उनले बताइन् ।

तल्लो सदनको बजेट समितिको मंगलबारको बैठकमा प्रधानमन्त्री योशिहिदे सुगाले पनि टोकियो र आसपासका क्षेत्रमा सावधानी पूर्वक मात्रै आपतकाल हटाउन बताएका थिए । कुनै निर्णय गर्नु अघि आफूले अन्तिम क्षणसम्मै अवस्था हेर्न चाहेको उनको भनाइ छ ।मंगलबार टोकियोमा देखिएका नयाँ संक्रमित मध्ये ५० जना ३० देखि ३९ वर्षबीचका थिए । ४९ जना २० देखि २९ र ३१ जना ५० देखि ५९ वर्ष उमेरबीचका थिए । ६५ वर्ष वा सो भन्दा बढी उमेरका भने ४८ जना थिए ।

कोरोनाका गम्भीर बिरामीको संख्या अघिल्लो दिनको तुलनामा ७ ले घटेर ५४ मा आएको छ । यो महानगर सरकारले आपतकाल हटाउन तोकेको मापदण्डभित्र पर्दछ । पछिल्लो संख्यासँगै राजधानीमा कूल संक्रमितको संख्या १ लाख १२ हजार २९ पुगेको छ ।सोमबार टोकियोमा १२१ नयाँ संक्रमित थपिँदा छिमेकी प्रिफेक्चर चिबामा भने १२७ जना नयाँ संक्रमित थपिएका छन् । आफूहरुले आपतकाल विस्तारको तयारी गर्नु आवश्यक भएको चिबाका गभर्नर केनसाकु मोरिताले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *