बाइकमा एक्लै देश च’हार्ने केटी

समाचार

बाइकमै आधा नेपाल घुमिसकेकी सभ्या केसीलाई लाग्छ– मनमा आँट, अठोट र आफूमा विश्वास भए गर्न नसकिने केही छैन। एक महिना अघिको झिस`मिसेमै पोखराकी सभ्या केसीले आफ्नो ड्युक बाइक पुछपाछ पारिन्, आवश्यक सामान राखेको ब्याक`प्याक बोकिन् र एक्लै हुइँकिइन् बिर्तामोड`सम्म। एकै दिनमा करिब ७०० किलोमिटर लामो यात्रा गरेकी उनले बिर्तामोडमा साथी भेट्टाइन् र लागिन् इलामतर्फ।

नयाँ ठाउँ, नयाँ समाज र संस्कृति सँग साक्षा`त्कार गर्दा उनलाई जीवनकै एउटा नयाँ पाटो खुलेझैं लाग्छ। त्यसैले अलिकति फुर्सद पाउनुपर्छ, उनी ब्याकप्याक भिर्छिन् र निस्किन्छिन् नौलो यात्रा`मा।

‘अरु देशमा कस्तो छ थाहा छैन, तर नेपालमा अलिकति पर पुग्नुपर्छ लवज, भाषा, रहनसहन बेग्लै देखिन्छ,’ सभ्या भन्छिन्, ‘यो नयाँपनले मलाई सधैंं रोमाञ्चित बनाउँछ।’ बाइ`कमा यात्रा गर्दा बेग्लै अनुभव हुन्छ, जुन बस वा अरु गाडीमा यात्रा गर्दा हुँदैन।

उनले आफ्नो यात्राको भिडियो बनाउँछिन् र युट्युबमार्फत सार्वजनिक गर्छिन्। त्यसैले उनी युवामाझ ‘मोटो भ्लगर’ सभ्या राइड्सको नामले चर्चित छन्। स्याङ्जा, फेदीखोला–१ कुपिन्डेमा जन्मिएकी सभ्याले कक्षा ७ सम्म गाउँकै विद्यालयमा पढेकी हुन्। त्यसपछिको विद्यालय शिक्षा पोखरा र कलेज काठमाडौंमा पढ्दैछिन्। बुवा भारतीय सैनिक, आमा घरव्यवहारमा व्यस्त।

यही रुचिले सभ्यालाई ‘मोटो भ्लगर’ बनाएको छ। उनको युट्युब च्यानल ‘सभ्या राइड्स्’ का सब्सक्राइबर एक लाख ८० हजार पुगेका छन्। सुरुमा सभ्या स्कुटर चढ्थिन्। तर उनको मन भने बाइकमै थियो।

तीन वर्षअघिदेखि उनी ड्युक बाइक चढ्न थालिन्। ड्युकमा पोखरा आसपासका स्थान घुमेर ‘भ्लग’ बनाउन थालिन्। त्यसपछि हो, ड्युकमा हुइँकिने ‘मोटो भ्लगर’का रुपमा सभ्याले चर्चा पाएको।

अडिसन दिएका ३२५ जनामा छानिएर सभ्याले भोटेकोसीमा -याफ्टिङ, ब’न्जिजम्प, क्या’नोइङ, रक कला’म्बिङलगायत स’हासिक खेल खेलिन्। यसले उनलाई थप हिम्मत दियो। गत वर्ष लकडाउन सुरु हुने केही समयअघि मात्र सभ्याले भारतमा ‘म’द्रास रेस ट्रयाक ए’क्सपि`रियन्स’मा पनि भाग लिइन्।

टीभीएसको प्रायोजनमा भएको उक्त कार्यक्रममा नेपालबाट दुई युवती र ३० युवक छानिएको रेसमा उनले बाइक राइडको थुप्रै अनुभव र शैली सिकिन्। सभ्यालाई अहिले बाइकको ‘प्रोमोसनल’ भिडियो बनाइदिन विभिन्न कम्पनीले ‘अफर’ गर्छन्।

उनले टीभीएस, यामाहा, जाभा, केटिएम ड्युक लगायतका बाइकको प्रोमोसनल काम गरिसकेकी छन्। बेनेलीसँग पनि सम्झौता भएको छ। ‘सहज र निरस यात्रा खासै याद हुँदैन,’ सभ्या भन्छिन्’, ‘थोरै दुःख–अप्ठ्यारो भयो वा रोमाञ्चक भयो भने त्यो सम्झनामा रहिरहन्छ– पछिसम्म ऊर्जा पनि दिन्छ।’

एक महिनाअघि बिर्तामोडको यात्रा गर्दा मिर्मिरेमै घरबाट हिँडेकी उनी झम`क्क साँझ नपरुन्जेल कुदिरहिन्। ‘जाडो मौसममा भाइजर र मास्क लगाउँदा बाफिएर केही नदेखिने,’ उनी भन्छिन्, ‘भाइजर खोल्दा आँखामा हुस्सुले सास्ती।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *