प्रविण घटनाले लियो यस्तो मोड, सदिक्षाले भनिन्, ‘अब भने मेरो दाईले न्याय पाउने आश पलाएको छ (भिडियो हेर्नुस्)

समाचार

काठमाडौ । सामाजिक सञ्जालमा निकै चर्चित भएकी सदिक्षा वास्तोलाले अब भने न्याय पाउने आश पलाएको बताएकी छन् । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसंग कुराकानी गरेपछि यस्तो आश पलाएको उनको भनाई छ । आफ्ना दाई प्रविण वास्कोटाको रहस्यमय निधनको घटनामा प्रहरीले अनुसन्धान फितलो गरेको भन्दै उनले आवाज उठाएकी छन् ।

अहिले प्रहरी कार्यालयवाटै फेसवुक लाइभ गरेर प्रहरी लापरवाहीवारे आवाज उठाएपछि एकाएक चर्चामा आएकी हुन् । उनै सदिक्षाले घटनावारे नेपाल प्रेस अनलाईनलाई यसरी सविस्तार बताएकी छन् ।

‘म अमेरिकाको टेक्ससमा बस्छु । अहिले विमान चालकको तालिम गरिरहेकी थिएँ । कोर्स सकिनै लागेको थियो । गत पुस ५ गते मध्यरातमा मलाई नेपालबाट फोन आयो । दाइको खबर सुनेर म अ चे त भएँ ।

त्यसको दुई दिनपछि म वि क्षि प्त अवस्थामा कतार एअरलाइन्सको विमानमार्फत दोहा हुँदै नेपाल आएँ । आइतबार घटना भएको म भने मंगलबार राति साढे १२ बजे ल्यान्ड भएको । त्यहाँबाट बुधबार बिहान ११ बजेतिर गाडी चढेर घर आइपुगें ।

हामीलाई आँखामा पट्टी लगाएर राख्नुभएको रहेछ । काम गरिरहेका छौं भन्ने तर अ प रा धी लाई छाडिसक्नुभयो । अ प रा धी लाई होइनन् भनेर मि सि लमा गलत प्रमाणहरू राखेर के स लाई नै डि स मि स गर्न खोज्नुभएको रहेछ । यसमा संलग्न प्रहरीलाई कारबाहीको दायरामा ल्याउनै पर्छ ।

घटना भएको दुई महिनाभन्दा बढी भइसकेको छ । पुस ४ गते मा रे र ५ गते बिहान ११ बजे अस्पतालमा ला श छोडिएको रहेछ । आफन्तलाई समयमा खबर गरिएन । प्रहरीले ला श लाई देखेर पनि अनदेखा ग¥यो । हामीले प्रहरी–प्रशासनमा धेरैपटक ढोका ढक्ढक्यायौं । पछि अस्ति अचानक एउटा भिडियो लाइभ गर्न बाध्य भएँ ।

प्रहरीको मि सि ल मा गलत प्रमाणहरू छन् । त्यसले मेरो दाइको के स अगाडि बढ्न नसक्ने मैले पाएँ । तपार्इंले गलत गर्नुभएको छ भन्दा फाइल गा य ब गर्नुभयो । एकैछिनमा नयाँ फाइल तयार गरियो । त्यसपछि जिल्लामा नयाँ फाइल पेश गर्नुभएको छ ।

मलाई जिल्लामा वकिल सरसँग कुरा गर्नू भन्नुभयो । हामी मोरङ जिल्लाको सरकारी वकिल कार्यालयमा आयौं । फाइल पल्टाउन लगायौं । त्यसमा नक्कली फोटो बदलेर सक्कली हालिएको छ । वकिलले आफ्नो काम पुलिसले जे दिएको छ त्यो हेर्ने हो, अरू प्रहरी प्रशासनले हेर्ने हो भन्नुभयो । त्यसपछि हामी जिल्ला प्रशासन पुग्यौं । सिडिओ साबले न्याय दिलाउने आश्वासन दिनुभएको छ ।

गलत गरेको रहेछ भने प्रहरी निरीक्षकमाथि कारबाही हुन्छ भन्नुभएको छ । सिडिओ साबले राम्रो रेस्पोन्स गर्नुभयो । अहिले हामी आशावादी छौं । केही दिन हेर्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *