डिभी विजेता लगायतमाथि डोनाल्ड ट्रम्पले लगाएको भिसामाथिको रो’क बाइडेनबाट खा’रेज

अन्तरास्ट्रिय

अमेरिकी राष्ट्रपति जो बाइडेनले डिभी विजेता लगायतमाथि डोनाल्ड ट्रम्पले मार्च ३१ सम्मका लागि लगाएको आ’प्रवासन रो’क खा’रेज गरेका छन् । बाइडेनको यो क’दमपछि अब डिभी लो’टरी लगायत परिवारमा आधारित र रोजगारमा आधारित आ’प्रवासी भिसामा अमेरिका आउनबाट रो’किएकाहरु अब अमेरिका आउन पाउने भएका छन् ।बाइडेनले आज एक कार्यकारी आ’देश जारी गरेर ट्रम्पले जा’री गरेको कार्यकारी आदेश १००१४ लाई उ’ल्टाएका हुन् ।

ट्रम्पको आ’प्रवासन रो’कका कारण अमेरिकी ग्रिनकार्ड वाहकका दम्पत्ति र छोराछोरीहरु लगायत परिवारमा आधारित अन्य कैयन श्रेणीका आ’प्रवासीहरु पनि अमेरिका आउन पाएका थिएनन् ।

तर अब अमेरिकी ना’गरिकका दम्पत्ति, २१ बर्ष मुनीका छोराछोरीबाहेकका अन्य परिवारका सदस्यहरु र ग्रिनकार्डवाहकका परिवारका सदस्यहरु पनि अमेरिका आउन पाउने भएका छन् । अमेरिकी नागरिकका मं’गेतर, दम्पत्ति, २१ बर्ष मुनीका छोराछोरीलाई भने ट्रम्पको कार्यकारी आ’देशले रो’क लगाएको थिएन ।का’मदार भिसा ए’चवान बी लगायतमाथिको रो’क भने बाइडेनले ह’टाएका छैनन् ।

युएस डिस्ट्रिक्ट कोर्ट वासिंटन डिसीका न्यायाधिस अमित मेहताले सन् २०२० का डिभी विजेताहरुलाई भिसा जारी गर्न आदेश दिएपछि सेप्टेम्बरको दोश्रो सातादेखि डिभी विजेताहरुलाई भिसा जारी गर्न सुरु गरिएको थियो । उनीहरुले सेप्टेम्बरको अन्त्यसम्म भिसा पाएका थिए ।

अदालतको आदेशपछि डाइभर्सिटी भिसा प्राप्त गर्न सफल नेपालीहरु ४०४ जना रहेको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । जसमध्ये २२५ जना प्राथमिक डिभी विजेता नेपाली रहेका थिए भने १०५ जना उनीहरुका दम्पत्ति थिए । त्यस्तै ७४ जना उनीहरुका छोराछोरीहरु रहेका थिए । Source:etajakhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *