गर्भमा शिशु भएको बेला श्रीमानले यस्तो काम गरिदिंदा महिलाले जन्माइन मृत शिशु

समाचार

काठमाडौं । भारतको उत्तर प्रदेशको बदायूं जिल्लामा एक श्रीमानले आफ्नी गर्भवती श्रीमतीको धा ‘रि ‘लो ह ‘ति ‘या’ रले यसकारण ह म ला गरे किनभने उनी गर्भमा हुर्किरहेको शिशु छोरा हो वा छोरी भनेर हेर्न चाहन्थे । घाइते महिलालाई ग म्भीर अवस्थामा दिल्लीको एक अस्पतालमा उपचार गर्दै मृत शिशुको जन्म भएको छ भने र प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।

बदायूंका एसएसपी संकल्प शर्माले बीबीसी हिन्दीसँगको कुराकानीमा भने, ‘घाइते महिलाको भाइको तर्फबाट ऊजुरी पाइएको छ र त्यसै आधारमा मु द्दा दर्ता गरेर अभियुक्तलाई गि रफ्तार गरिएको छ । यद्यपि, सबै पक्षसँग घटनाबारे जानकारी लिइँदैछ र त्यसैको आधारमा थप कारवाही गरिनेछ ।’

बदायू जिल्लाको सिभिल लाइन्स थाना क्षेत्रको नेकपुर मोहल्लेमा बस्ने पन्नालालले आफ्नी गर्भवती श्रीमती अनिताको पे ट हँ सि या ले का टि दि एको आ रोप छ ।

अनिताको परिवार अनुसार पन्नालाल श्रीमतीको गर्भमा रहेको छैटौं सन्तान छोरा हुन् वा छोरी भनेर हेर्न चाहन्थे । पन्नालालकी श्रीमतीकी बहिनी रेखाले मिडियासँगको कुराकानीमा पन्नालालका पाँच छोरी छन् र छैटौं सन्तान पनि छोरीको रुपमा जन्मियोस् भनेर उनी चाहँदैनन् ।

रेखा भन्छिन्, ‘पन्नालालको आफ्नी श्रीमतीसँग यसबारे धेरैजसो झ ग डा भइरहन्थ्यो । उनले अनितामाथि कु ट पि ट पनि गर्ने गर्दथ्यो । केहि दिन अघि पनि उनले अनितालाई यसै गरे ।’

अनिताका भाइ राजिवका अनुसार बरेलीमा डाक्टरको सल्लाहमा अनितालाई आइतबार दिल्ली लगिएको छ किनभने उनको स्थिती ग म्भीर छ । राजिव पनि उनीसँगै छन् ।

यद्यपि, हिरासतमा लिएपछि पन्नालालले मिडियासँगको कुराकानीमा अनितासँग उनको झ गडा भएको र रि समा उनले हँ सि या ले उनलाई ह म ला गरेको कुरा स्विकार गरे तर जस्तो आरोप लगाइँदै छ, त्यो उद्देश्यले भने श्रीमतीमाथि ह म ला नगरेको स्पष्टिकरण दिए ।

पन्नालालको भनाई थियो, ‘मेरा पाँच छोरी छन् । मेरा एक छोराको मृत्यु भइसकेको छ । मलाई थाहा छ कि बच्चा भगवानको देन हो, जे होला देखा जाएजा । मेरी श्रीमती सधैं मसँग झ ग डा गर्छिन् । शनिबार पनि झ ग डा भयो र रि स मा मैले यो घटना घटाए । यसले उनी यति ग म्भीर रुपमा घाइते होलिन् भनेर कल्पना गरेको थिइनँ ।’

यस्तै, पन्नालालका एक छिमेकीले नाम नबताउने शर्तमा यसको पछाडिको अर्को कहानीबारे जानकारी दिए । छिमेकी भन्छन्, ‘कुनै पण्डितले बदायूं जिल्लामा कुनै व्यक्तिको लगातार छैटौं छोरी जन्मने भविष्यवाणी गरेका थिए । डराएका पन्नालालले श्रीमतीलाई ग र्भप तन गराउन भने । श्रीमतीले अस्विकार गर्दा उनीहरुबीच झ ग डा भयो र त्यसपछि पन्नालालले उनलाई घाइते बनाइदिए ।’

यद्यपि, पन्नालालकी छोरी र उनको परिवारका अनुसार मिडियामा जस्ता कुरा आइरहेका छन्, त्यो कारणले पन्नालालले श्रीमतीमाथि ह म ला गरेका होइनन् । एसएसपी संकल्प शर्मा भन्छन्, ‘प्रहरीले छिमेकीसँग पनि कुराकानी गरिरहेको छ र अभियुक्तका परिवारसँग पनि सोधपुछ गरिरहेको छ ।

अभियुक्तका छोरीहरु ठूला छन्, उनीहरुसँग पनि सोधपुछ भइरहेको छ । यी दुईको धेरैजसो झ ग डा भइरहने कुरा त आएको छ तर शनिबार सायद त्यस्तो केही नभएको पनि हुनसक्छ । अनुसन्धान चलिरहेको छ र चाँडै नै वास्तविकता सार्वजनिक हुनेछ ।’ एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *