भागरथी पछि निर्मला घटनाले पनि लियो यस्तो मोड, गृहमन्त्रीले गरे खुलासा

समाचार

काठमाडौ । स्वतन्त्र रुपमा अनुसन्धान गर्ने वातावरण पाएको प्रहरीले वैतडीको भागरथी भट्ट घटनामा १४ दिनमा घटनामा संलग्न ब्यक्ति पक्राउ गर्न सफल भयो । कञ्चनपुरकी निर्मला पन्त घटनामा प्रहरीलाई स्वतन्त्र अनुसन्धान गर्न नदिएको गुनासो आएको थियो । अब भने निर्मला घटनाको वास्तविकता पनि छिटै पत्ता लाग्ने गृहमन्त्री रामबहादुर थापाले जनाएका छन् ।

उनले निर्मला पन्तको घटनामा संलग्न पनि छिटै पक्राउ पर्ने जनाएका छन् । उनले अनुसन्धान घटनाको नजिक पुगेको बताएका छन् ।
शनिबार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले विराटनगरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले यस्तो खुलाएका हुन् ।

‘निर्मलाको घटनाको अभियुक्त पनि अब हाम्रो कानुनको पञ्जाको नजिक आइसकेको छ’, उनले भने, ‘त्यसलाई पनि हामी छिट्टै कानुनको कठघरमा उभ्याउनेछौँ।’

गृहमन्त्री थापाले वैतडीकी युवती भागरथी भट्टको घटनामा संलग्नलाई पनि प्रधानमन्त्री ओलीले पानीमुनि गए पनि नछा्ने उद्घोष गरेको र सोही उद्घोषबमोजिम आफूहरुले अनुसन्धान अघि बढाएकाले पक्राउ गर्न सफल भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *