अर्घाखाँचीकी बेपत्ता १६ वर्षिया किशोरी बिहे गरेर फर्किन्

समाचार

अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर २ सितापुरको डुर्णकोट्टा (धारा) बाट बेपत्ता भएकी एक किशोरीले बिहे गरेकी छिन् । आईतबारदेखि बेपत्ता भएकी सितापुरको डुर्णकोट्टा (धारा) का टेकराज घिमिरे (बाबुराम) की १६ वर्षिया गिता घिमिरेलाई सितापुर झिर्‍रा (तल्लापधेरा)का २१ बर्षका प्रकाश क्षेत्रीले भगाएर कपिलवस्तुको बनगाईमा लगेर बिहे गरेका हुन् ।

उनिहरुले बिहे गरेको फोटो फेसबूकमा पनि पोस्ट गरेका छन् ।गिताले आफुले बिहे गरेको भनी आफ्ना परिवारलाई जानकारी गराएकी थिईन् ।

नेपालको कानुन अनुसार १६ वर्षमा बिहे गर्न पाईदैन । साथै प्रहरीले सो आरोपमा उनलाई प्रकाउ गर्ने बताएको छ । गिता आईताबाटदेखि बेपत्ता भएकी थिईन् । उता परिवारले उनी आफ्नै घरबाट हराइएकी तथा छरछिमेकी, नातेदार, साथी लगायत सबैका घरमा खोजी गर्दा पनि फेला नपारेको बताएको थियो ।अर्घाखाँचीमा पछिल्लो समय बेपत्ता हुनेको संख्या बढेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *