घटना भएको दिन भागरथीले बोकेकी थिइन् भारतीय सिमकार्ड, यसकारण प्रहरीलाई अनुसन्धानमा पर्दैछ अप्ठेरो

समाचार

काठमाडौ । बैतडीकी किशोरी भागरथी भट्टले घटना भएको दिन भारतीय सिम प्रयोग भएको मोवाइल मात्र बोकेका देखिएको छ । उनले नेपाली सिम घरमै छोडेकी थिइन् । प्रहरीले घटनाको अनुसन्धानका क्रममा भागरिथीले बोकेको मोबाइल ‘रिकभर’ गर्ने भएको छ । उनको मोवाइलमा भएका सबै सामग्री डि लि ट गरिएका कारण प्रहरीलाई घटना अनुसन्धान गर्न कठिनाई भएको छ ।

घटनास्थलमा उनले बोकेको मोवाइल फेला परेको छ । त्यसमा भारतीय सिम लगाइएको छ । उनले घटना भएको दिन नेपाली सिम घरमै छोडेकी थिइन् । उनको मोबाइलबाट डि लि ट भएका सबै म्यासेज, अडियो–भिडियो र कलको सबै विवरण निकाल्न प्रहरीले मोबाइल ‘रिकभर’ गरिरहेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले मोबाइलसहित घटना स्थलमा भेटिएका सबुत प्रमाणको आवश्यकताका आधारमा परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइरहेको बताए।

उनले भागरथीले प्रयोग गर्ने मोबाइल पनि परीक्षणका लागि केन्द्रीय डिजिटल ल्याबमा पठाइरहेको बताएका छन् । भारतीय सिम भएकाले भारतीय प्रहरीसंग समन्वय गरेर रिकभर गर्न लागिएको प्रहरीको भनाई छ ।

भागरथीले भारतीय सीमकार्ड पनि प्रयोग गर्ने गरेको खुलेको हो । घटनास्थलमा भेटिएको मोबाइलमा भारतीय सीमकार्ड मात्र फेला परेको र उनले प्रयोग गर्ने नेपाली सीमकार्ड सो दिन घरमै रहेको पाइएकाले प्रहरी अनुसन्धानमा केही समस्या भएको छ।

सीमा नाका नजिक भएकाले चडेपानी क्षेत्रमा भारतीय नेटवर्कले काम गर्ने गरेको छ। सोही कारण त्यहाँका अधिकांश स्थानीयले भारतीय सिमकार्ड प्रयोग गर्ने गरेका छन्।

गत बुधबार विद्यालयबाट फर्किने क्रममा बे प त्ता भएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्ट बिहीबार स्थानीय लवलेक सामुदायिक वनमा मृ त भेटिएकी थिइन्। उनको ब(ला त्का(र पछि ह’ ‘त्या भएको प्रहरीले निष्कर्ष निकालेको छ। Source:etajakhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *