चलचित्र छायाँकार जनकराज अधिकारीको देह त्यागको खबरले करिश्मा स्तब्ध, ‘हामीलाई सँधै राम्रो देखाउने भाई किन यस्तो गर्यौ ?’

समाचार

काठमाडौं। चलचित्र छायाँकार जनकराज अधिकारीले आफ्नै कार्यालयमा देह त्याग गरेका छन् । चलचित्र प्राविधिक संघका अध्यक्ष समिर लामाका अनुसार उनले आफ्नै कार्यालयमा झु ण्डि एर देह त्याग गरेका हुन् ।

उनले आफ्नै कार्यालयमा किन देह त्याग गरे भन्ने विषयमा खुल्न सकेको छैन । लामो समयदेखि चलचित्र छायाँकनमा सक्रिय अधिकारी सयौँ चलचित्र र म्युजिक भिडियो छायांकन गरेका छन् । उनी काठमाडौंको गोङ्गवुस्थित आफ्नै अफिस जेसिका फिल्मस प्रालिको कार्यालयमा आइतबार साँझ मृत फेला परेका हुन् ।

अभिनेत्री करिश्मा मानन्धरले अधिकारीको निधनमा दुख ब्यक्त गर्दै निकै भावुक स्टटास लेखेकी छन् । सोमवार विहानै यस्तो समाचार सुन्नु परेको भन्दै उनले जनकले आफुसंग विताएका पल सम्झिएकी छन् ।

भर्खरै सुटबाट फर्किएर ओछ्यान तताउदै गर्दा सोचिरहेको थिए । जनकराज भाइ जो बिहान देखी खाना पानी नभनी खिचिरहेको थियो । अझै बेलाबेलामा दिदी पाटलामा बस्नुस न भन्थ्यो । कहिले फोकस मिल्दैन थियो, कहिले लाइट मिलाउने प्रयास गर्थ्यो, अनि सकेसम्म हामिलाइ राम्रो देखाउने प्रयासमा आफ्नो सम्पुर्ण शक्ति लागाइ रहेकोहुन्थ्यो । उसलाई दिदि पहिला घर पुगोस् भन्ने सोचाइ ती भाइ , दाइहरु को ।

तेस्तै भाइ । जब जनक भाइले येस्तो गरेको कुरा फेसबुकमा देखे । मेरो उद्योग के हो भन्ने प्रश्न आयो रु मेरा उद्योगका संबंधित निकायहरुले तपाईं जस्तो महत्त्वपूर्ण अंस को महत्त्व नबुझेको जस्तो लाग्यो । जनकभाइ मनै देखिको माया अनि श्रद्धाञ्जली १ Source:etajakhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *