बन्दको नाममा ट्याक्सी ज’लाएको भन्दै विरोधमा उत्रिए ट्याक्सी व्यवसायी

समाचार

काठमाडौं : माघ २२ गते बिहान सामाखुशीमा ट्याक्सी ज’लाइएको घटनाको विरोधमा व्यवयासी आ’न्दोलनमा उ’त्रिएका छन्। नेकपाको प्रचण्ड–माधव पक्षले आमहड्ताल गरेकै दिन बिहानै सामाखुशीमा प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आ’जगनी भएको थियो। आगजनी कसले गरेको भन्ने अहिलेसम्म पत्ता लागेको छैन।

साेही घटनाका दो’षीलाई कानूनी कारबाही र पी’डितलाई क्ष’ति पुर्तिको माग गर्दै शनिबार राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी संघ तथा चालक सेवा समाज आ’न्दोलनमा उत्रिएको हो । उनीहरू माइतीघर मण्डलमा ध’र्नामा बसेका छन् । ध’र्नाका लागि राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी संघका केन्द्रीय सदस्य अमित मगरको नेतृत्वमा २५ वटा ट्याक्सीको र्‍याली समेत निकालिएको थियो।

गोंगबुचोकबाट सरकारी धारा, गल्कोपाखा, लैनचैर हुँदै र्‍याली माइतीघर पुगेको हो। उनीहरूले विभिन्न ६ वटा माग राखेका छन् । ट्याक्सी आयोग गठन गरि यातायात मजदुरको हक, अधिकार सुनिश्चित गर्नुपर्ने, यातायात क्षेत्रमा गैरकानूनी धन्दा बन्द गर्नुपर्ने, टुटल र पठाओ सेवा ब’न्द गर्नुपर्ने लगायतका माग राखिएको छ।

यो पनि पढ्नुहोस : लोकसेवा आयोगको उपसचिवको परीक्षामा बहिनी पहिलो, दाजु दोस्राे

काठमाडौं : माघ १३ गते पूर्णिमा उपाध्यय, उनका दाजु केशव उपाध्यय र उनको सिंगो परिवारका लागि अ’विस्मरणीय रह्यो । यसको कारण थियो लोकसेवा आयोगले लिएको परीक्षामा पूर्णिमाको नाम पहिलो नम्बरमा र उनका दाजु केशव उपाध्ययको नाम दोस्रो नम्बरमा निस्कियो । यी दुई दाजुबहिनी उपसचिव पदका लागि आयोगले लिएको आन्तरिक प्रतिस्पर्धाका परीक्षार्थी थिए ।

शाखा अधिकृतबाट उप सचिव तहमा बढुवा हुनका लागि यिनीहरूले आन्तरिक प्रतिस्पर्धा गरेका थिए तर परिणाम बहिनीको नाम पहिलो स्थानमा र दोस्रो नम्बरमा दाजुको नाम निस्क्यो । त्यसो त, पूर्णिमाको दिदी टीका उपाध्यय पनि निजामती सेवामै छन् । टीका आन्तरिक राजस्व विभाग लैनचौरमा शाखा अधिकृत पदमा कार्यरत छिन् । ५ दाजु भाइमध्ये ३ जना सदस्य निजामती सेवामै कार्यरत छन्, त्यो पनि लोकसेवा आयोगका परीक्षा पास गरेर ।

पूर्णिमा र केशवको बुवा सरकारी शिक्षक हुन्, आमा गृहणी हुन् । हालै मात्र उनले शिक्षक पदबाट अवकाश लिएका छन्। आफ्नो बाबु र आमाबाट सरकारी सेवामा प्रवेश गर्ने उत्प्रेरणा लिएको पूर्णिमा बताउँछिन् । ‘लोकसेवा आयोगको परीक्षामा भनसुन हुँदैन भन्ने थाहा थियो । त्यसमा पनि समाजमा निजामती कर्मचारीहरूको छबि माथि नै हुन्छ,’ पूर्णिमा भन्छिन्, ‘त्यसैले मिहेनत गरेरै भए पनि लोकसेवा आयोगको परीक्षा दिन्छु र पास हुन्छु भन्ने लागेको थियो ।’

पूर्णिमा दाजु केशवलाई पनि निजामती सेवामा प्रवेश गर्ने उत्प्रेरणा बुवा आमाबाटै मिल्यो । यी दाजु– बहिनीले सल्लाह गरेर आन्तरिक प्र’तिस्पर्धाका लागि फाराम भरेका थिए । पूर्णिमा अविवाहित हुन भने केशव विवाहित हुन् । उनको रोजाइ सरकारी कर्मचारी नै रहेको छ । केशवकी पत्नी हाल डोल्पाकी सानीभेरी नगरपालिकामा कार्यरत छन् । उनी स्थानीय तहकी कर्मचारी हुन् ।

‘के तपाईंले आफ्नो पति पनि निजामती कर्मचारी नै होस् भन्ने चाहनुहुन्छ ?,’ भनी सोधिएको जिज्ञासामा पूर्णिमा खुलेर बोल्न चाहिनन् । यती मात्र भन्छिन्, ‘हेराैं के हुन्छ । अहिले म केही भन्दिन ।’ अहिले यी दुई दाजु–बहिनीले स्टाफ कलेज जावलाखेलले लिइ रहेको ५ दिने अभिमुखीकरण तालिममा सहभागी भएका छन् । शाखा अधिकृतबाट उपसचिवमा बढुवा भएका कर्मचारीहरूलाई स्टाफ कलेजले अभिमुखीकरण तालिम दिने गर्छ ।

उपसचिवमा बढुवा हुनु अघि पूर्णिमा कालिकोटको जिल्ला निर्वाचका कार्यालयमा कार्यरत थिइन भने केशव कर्णाली अञ्चलको मुख्य मन्त्रीको कार्यालयमा कार्यरत थिए । पूर्णिमाले २०६९ माघबाट र केशव २०६६ सालबाट निजामती सेवामा प्रवेश गरेका हुन् । यी दुई दाजु–बहिनीको जागिरे जीवन लोकसेवा पास भएपछि मात्रै सुरु भएको हो । पूर्णिमाले सहलेखापालबाट जागिरे जीवन सुरु गरिन् भने केशवले कम्प्युटर अपरेटरबाट निजामती सेवामा प्रवेश गरे ।

पूर्णिमा सुरुमा सुर्खेतस्थित भूकम्प मापन केन्द्रमा कार्यरत थिइन। सहलेखा पाल पदमा उनी धेरैलामो समयसम्म काम गरीनन। त्यसपछि उनले शाखा अधिकृत पदमा फाराम भरिन् र २०७० भदौमा उनले लोकसेवा आयोगले लिएको शाखा अधिकृत पदमा उनी उत्तीर्ण भइन् । त्यसपछि उनको नियुक्ति जिल्ला प्रशासन कार्यालय सुर्खेतमा भएको थियो । खबरहाउस बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *