गोठमा आगलागी हुदा २५ बाख्रा जले

समाचार

बागलुङ, २४ माघ । जिल्लाको निसीखोला गाउँपालिका– ३ धारखर्कस्थित गोठमा आगलागी हुँदा २५ बाख्रा जलेका छन् । आगलागीबाट स्थानीय विक्रम विकका २५ बाख्रा जलेको प्रहरी चौकी झिवाखोलाका प्रमुख जितु शाहले जानकारी दिए ।

बाख्रालाई दाना खुवाउनका लागि पानी तताउने क्रममा बाख्राको पाठोले आगो उछिट्याएपछि आगलागी भएको पीडित विकले जानकारी दिए । आगलागीले गोठ पूर्णरुपमा जलेर नष्ट भएको हो । बाख्रासँगै छ कुखुरासहित गोठमा भएको घाँसपात र दाउरा सबै जलेर खारानी भएको पीडित विकको भनाइ छ ।

शुक्रबार भएको सो आगलागीमा परी ११ बाख्रा मरेका थिए भने १४ वटा गम्भीर घाइते भएका थिए । घाइते बाख्रा पनि मर्ने अवस्थामा पुगेपछि विकले गाउँले मासु प्रयाेजनका लागि वितरण गरेको बताए । न्युज24नेपाल बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *