स्मिताको अङ्गालोबाट छुट्नै मानिनन् छोरि, आमा छोरिको मायाले सबैलाई भाबुक बनायो (भिडियो)

भिडियो समाचार

दुबै परिवारले राहुल र स्मिताको पुनर्मिलनको सहमति गरेका छन् । राहुलका आमा र स्मिताका बाबुले अब उनीहरुको दाम्पत्य जीवन थप राम्रो बनाउन परिवारले साथ दिने बताए । राहुलकी आमाले पनि छोरी सम्झेर माफ गरिदिएको बताएकी छिन् । उनले नातिनीका कारण यस्तो निर्णय गरेको बताइन् ।

उता स्मिताकि छोरिले आमाको न्यानो काख पाएर होला आफ्नो आमाको काखमा लुटुपुटु गरिरहेकी थिइन् । भनिन्छ आमा को काख जस्तो अरु कस्को पो नै हुन्छ र ? पोले पनि घामै जाति पिटे पनि आमै जाति भन्ने उखान झैँ भएको छ स्मिताकि छोरिलाई आखिर आमा भनेको आमा नै हो ।

गोर्खा जिल्ला पालुंगटार गाउँपालिकाका वडा ९ अध्यक्ष भेषराज पाण्डेको रोहवरमा राहुुलले स्मितालाई पुन घर लगेका हुन् । उक्त समयमा वडा अध्यक्षले उनीहरुलाई खादा लगाइदिएर सुखद दाम्पत्य जीवनको कामना गरेका थिए ।

यस्तो घटना भएपछि सबैभन्दा ठूलो चिन्ता उनकी सानी छोरीलाई के हुने भन्ने राहुलको पीर थियो । सेनामा भएपनि राहुल कमलो मनका छन् । उनले श्रीमति स्मिताले गरेको गल्तीलाई माफी दिएका छन् । राहुलले उनको छोरीको भविश्य हेरेर यस्तो गरेको बताएका छन् । उनले स्मिताको माया पनि असाध्यै लाग्ने तर स्मिताले यस्तै गल्ती फेरि गर्ने हुन् की भन्ने लागे पनि अब उनको बिश्वास बढेको बताए । अब कोहीले पनि उनीहरुको जोडी अलग गर्न नसक्ने बताए ।

भारतीय लाहुरे रहेका राहुल गुरुगंले स्मीतासंग निकै सानोमा विवाह गरेका थिए । उनीहरुको प्रेम विवाह थियो । तर स्मीताले गरेको एउटा गल्तीका कारण यति राम्रो जोडी झन्डै अलग भएको थियो । स्मीतालाई जनकपुरका नारायण यादव भन्ने ब्यक्तिले सुरुमा मिठा कुरा गरे । स्मीतालाई विश्वासमा पारे । आफ्नो सानो छोरीलाई स्कूल लैजान भनेर घरवाट निस्केकी स्मीता अन्तत घर छोडेर नारायणलाई भेट्न काठमाडौ गइन् ।

उनी हराएपछि स्मीताका श्रीमानले खोजी गरे । एक महिना पछि उनी काठमाडौको एक होटलमा नारायणसंग फेला पारे । तर जब स्मीतालाई उनका आफन्तले फेला पारे त्यसपछि स्मीताले नारायणको वास्तविकताका बारेमा थाहा पाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *