काठमाडौंमा खुल्यो होटेल- जहाँ ६५ रुपैंयामा पेट भरी खान पाईन्छ । मिठो भात खानलाई मान्छेको भिड (भिडियो हेर्नुस)

समाचार

काठमाडौंमा खुल्यो होटेल- जहाँ ६५ रुपैंयामा पेटभरी खान पाईन्छ । मिठो भात खानलाई मान्छेको भिड (भिडियो हेर्नुस)

कोहि पनि भोको नरहुन् भन्ने उद्येश्यको साथमा काठमाडौंको अनामनगरमा ६५ रुपैंया मा टन्न खाना खान पाईने ठाउँ हाम्रो खाना घर सन्चालनमा आएको छ । हाम्रो टिम नेपाल र यु.केमा बसेर समाज सेवा गर्ने बरिष्ठ समाजसेवी इशा गुरुङको सहकार्यमा सन्चालनमा आएको यस खाना घरबाट भएको मुनाफा अन्य सामाजिक कामहरुमा लगाईने हाम्रो टिम नेपालका अध्य`क्ष बिमल पन्तले बताएका छन् ।

काठमाडौंमा काम गर्ने बिद्यार्थी, मज`दुर, डेरावाल लगायत हुने र नहुने दुवै बर्गका लागि सन्चालनमा ल्याई`एको खाना घरमा भेज खाना सेट ६५ रुपैंयामै पाईन्छ । अब यस कार्य सफल भएसँगै राजधानीका अन्य ठाउँ सहित देशका मुख्य शहररुमा पनि खाना घर सन्चालनमा ल्या`ईने बताईएको छ ।

यसै बिच कलाकार तथा सन्चार कर्मी शिशिर भण्डारी पनि खाना घरमा पुगी खाना खाँदै केहि सहयोग गरे । कस्तो छ, खाना घर ? र कस्तो खाना पाईन्छ ? भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *