प्रधानमन्त्री ओली चितवन आउने भएपछि भरतपुर वाइपास सडकमा धमाधम कालोपत्रे

समाचार

चितवन –प्रधानमन्त्री केपी शर्मा ओली शनिवार चितवन आउने भएपछि निकै लामो समयदेखि अलपत्र बनेको भरतपुर वाइपास सडकखण्डमा धमाधम पिच गर्ने काम भैरहेको छ । चार बर्षमा दुई किलोमिटर सडक विस्तारको काम नसक्ने ठेकेदारलाई प्रधानमन्त्री आउने भएपछि सडक डिभिजन कार्यालय भरतपुरमार्फत दवाव परेको छ ।

ठेकेदारले केन्द्रिय बसपार्क चोकदेखि मालपोतचोकसम्मको सडक पिचको कामलाई तीव्रता दिएको छ । समयमा नै सडक विस्तारको काम नसकेको गौरी पार्वती निर्माण सेवालाई डिभिजन कार्यालयले पेनाल्टी (जरिवाना) तिराएर काम गराइरहेको छ ।

पटकपटक थपिएको म्याद पुस मसान्तमा सकिएपछि कार्यालयले सो कम्पनीलाई जरीवाना तिराएर सडकको काम लगाइरहेको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार ठेक्का सम्झौताको ०.०५ प्रतिशतदेखि १० प्रतिशतसम्म जरिवाना गराउने कानुनी व्यवस्था छ । ठेकेदार कम्पनीलाई १ करोड २० लाखसम्म जरिवाना हुन सक्ने देखिएको छ । सम्भौता र थपिएको म्याद सकिए पनि कामको जिम्मा सोही कम्पनीलाई हुने तर जरीवाना तिरेर मात्रैं काम गर्नुपर्ने डिभिजन प्रमुख अधिकारीले बताए ।

अधिकारीका अनुसार उसलाई अब काम गर्ने समयका आधारमा जरिवाना निर्धारण गरिने छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री, मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशकसमेत चितवन आउने कार्यक्रम छ । मन्त्रालयका सचिव र महानिर्देशक शुक्रवार नै चितवन आएका छन् ।

प्रधानमन्त्री ओलीले शनिवार भरतपुर गोन्द्राङ्ग नारायणगढ ६ लेन सडक विस्तारको शिलान्यास गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ, र शहरी विकास मन्त्री प्रभु शाह चितवन आउँदैछन् ।

Spas et salons de beauté pour homme à Dubai. Jcwang j, cialis online 20mg deal c, wan z, jin m, tanaka n. Buying organisms over the falta. www.cialispascherfr24.com Lifestyle types moved also, from no slow from occupational corn.

Leave a Reply

Your email address will not be published. Required fields are marked *