विभागले भन्याे- सवारी लाइसेन्सको फारम यसरी भर्नुस्

समाचार

काठमाडौं: यातायात व्यवस्था विभागले आइतबारबाट अनलाइन आवेदन ‘अनलिमिटेड बनाएको भएपनि हजारौं सेवाग्राहीले फाराम भर्न नपाएको भन्दै गुनासो गरेका छन्।

सवारी चालक ‘लाइसेन्स’ काे फारम अनलिमिटेड गरेसँगै सिस्टम ह्याङ भएर अपलोड नै गर्न नसकिने भएकाे छ । त्यसमाथि पालाे कुर्नेकाे पालाे आउने भन्ने टुंगो नै छैन् ।

विभागका निर्देशक लोकनाथ भुषालले भने सवारी चालक अनुमतिपत्र ‘लाइसेन्स’ को अनलाइन फाराम मध्यरातमा भर्न सुझाव दिएका छन्। दिनमा सिस्टममा चाप परेको भन्दै मध्यरातमा भर्न उनले सुझाएका हुन्। अनलाइन आवेदन खुला गरिए पनि सिस्टम इरर देखाएर भर्न नपाएको गुनासो आम सर्वसाधारणको छ।

अनलिमिटेड बनाउँदा सिस्टमले भर्ने जति सबैको आवेदन लिने र परीक्षा ‘लिखित र प्रयोगात्मक’ भने कार्यालयहरुको क्षमता अनुसार लिँदै जाने तयारी गरिएको छ।

कोरोना संक्रमण फैलन रोक्न सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गरेका कारण लाइसेन्सको फाराम पनि बन्द भएको थियो। करिब ९ महिनापछि आवेदन खुलाइएका कारण भर्नेको चाप निकै रहेको भुषालले बताए।

विभागका अनुसार करिब ९ लाखले लाइसेन्स लिन चाहेका छन्। यही कारण सिस्टमा चाप परेर समस्या आएको हो। केही महिनामा चाप कम भएर समस्या हट्ने अपेक्षा गरिएको छ।

तत्कालै भर्न चाहनेहरुका लागि रातमा भर्न उनले सुझाएका हुन्।

सरकारले ६० अंक ल्याए पास हुने गरि ट्रायल सजिलो बनाउन लागिएकाले दैनिक माग दोब्बरभन्दा बढी हुँदै जाने विभागका अधिकारीहरुको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *