घ`टस्था`पना देखि नै दसैं बिदा दिन सचिवहरूको सुझाव

अन्य खबरहरु

२८ आश्विन, काठमाडौं । कोरोना भाइ`रसको फैलिँदो संक्र`मणलाई ख्या`ल गर्दै विभिन्न मन्त्रालयका सचिवहरूले सरकारलाई यस पटक घटस्था`पना देखि नै सरकारी कार्यालय बन्द गर्न सुझाव दिएका छन् ।

सरकारको नियमित दसैं बिदा भने कात्तिक ७ गते (फूलपाती) देखि कात्तिक ११ गते सम्म मात्र छ । मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारदेखि प्रधानमन्त्री निवास बालुवाटार, कोभिड–१९ विपद् व्यव`स्थापन केन्द्र, प्रधान`मन्त्रीका सल्लाहकार र मन्त्रीहरूलाई समेत संक्रमण भएपछि सचिवहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर सुझाव दिएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार सचिवहरूले मुख्यसचिव शंकरदास बैरागीलाई भेटेर आफ्ना मन्त्रालय र त्यसअन्तर्गतका कार्यालयमा पनि कोरोना संक्रमित देखिएको उल्लेख गर्दै दसैं बिदा लम्ब्याउन सुझाव दिएका हुन् ।

‘दसैंमा घटस्थापना देखि बिदा दिने भन्नेबारे छलफल हुँदै छ । सुझाव आएका छन् । कुनै निर्णय भइसकेको छैन,’ प्रधान मन्त्री तथा मन्त्रि परिषद् कार्यालयका एक अधिकारीले भने, ‘संक्र`मणलाई रोक्न त्यो पनि एउटा विकल्प छ ।’

सचिवहरूले लामो बिदाको माग गरिरहे पनि प्रधान मन्त्री केपी शर्मा ओलीले रुचि देखाएका छैनन् । संक्र`मणको यस्तो अवस्था कति लामो समय जान्छ भन्ने यकिन नभएकाले यसरी लामो बिदा दिँदा गलत नजिर बस्ने प्रधान मन्त्रीको भनाइ छ ।

एक मन्त्रीका अनुसार विगतमा जस्तै निय`मित रूपमा नै कार्यालय सञ्चालन गर्ने तर चाडपर्वका बेला धेरै काम गर्नुपर्ने अवस्था नहुने भएकाले थोरै कर्म चारीलाई प्रयोग गर्न सकिने बुझाइ प्रधान मन्त्रीको छ । कम कर्मचारी`बाट काम गराउने, कार्या`लयहरूमा सामाजि`क दूरी र स्वास्थ्य अनु`शासन राम्ररी पालना गर्ने विधि लाई अझ प्रभावकारी बनाउनु पर्ने पक्षमा उनी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *