भोली सार्वजनिक बिदा दिने निर्णय !

समाचार

तनहुँ । तनहुँको व्यास नगरपालिकाले शहीद दिवसको अवसरमा भोली (शुक्रवार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

शहीद दिवसको अवसरमा नेपाल सरकारद्वारा प्रदान गरिँदै आएको सार्वजनिक बिदा केही वर्षयता कटौती भएको सन्दर्भ र व्यास नगरपालिकाले सोही अवसरमा हरेक वर्ष अल्ट्रा म्याराथन गर्दै आएकाले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले आज (बिहीवार) सूचना जारी गर्दै व्यास नगरपालिका–५ मानुङदेखि वडा नं ८ को पुलिमराङसम्म आयोजना हुने म्याराथनको परिप्रेक्ष्यमा शहीदको सम्मानस्वरुप सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था एवम् सम्पूर्ण सामुदायिक तथा निजी शैक्षिक संस्थामा सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *