नारायणी काण्डः जेठान भन्छन् ज्वाइँकै कारण बहीनीले यस्तो कदम उठाईन् (भिडियो सहित)

भिडियो समाचार

चितवन । श्रीमानले विदेशबाट आएर हिसाब खोज्यो भन्दै नारयाणीको तरिमा आफ्ना लुगा र चप्पल फुकालेर नदी फाली मरि भन्ने पारेकी सरस्वती श्रेष्ठ जब जीवित रहेकी र अर्कैसंग गएकी भन्ने खबर सबै सामू बाहीरियो तब घटनाको विषयमा उनका माईतीले पहिलो पटक सबै वास्तविकता खोलिदिएको छ ।

माईतीको तर्फबाट सरस्वतीका दाई खेम प्रसाद श्रेष्ठले दुई सन्तानकी आफ्नी बहीनीले यस्तो निर्णय गर्दै कदम उठाउनुमा ज्वाई नै कारण भएको बताएका छन् ।सरस्वतीको दाई खेम प्रसादको भनाई अनुसार ज्वाईँ कुल प्रसाद उपाध्यायको बानी अपरिपक्क भएको बुझिएको छ ।

उनले विबाह त गरे दुई सन्तानको बाबु पनि बने तर उनीमा परिपक्कता भने कहिल्यै नआएको कुल प्रसादका आफ्नै जेठानले बताएका छन् । जेठानको भनाई अनुसार जति कुल प्रसादले कमाए त्यति नै उडाए पनि । उनको यस्तै बानीले गर्दा बहीनी सरस्वती आजिद भएको कुरा खेम प्रसादले बताएका छन् ।

दाई खेम प्रसादको भनाई अनुसार ज्वाई कुल प्रसाद विदेशबाट आएको १० दिनमा यो घटना घटेको छ । दाईले भनेका छन्,‘ज्वाईँ नेपाल आउने बहीनीलाई थाहा पनि रहेनछ । उनले यो कुरा हामीसंग भएको छलफलमा आफैं नै बताएका छन् । उनी काठमाण्डौ आएर मात्र घर आउन लागेको कुरा बहीनीलाई बताएको स्वीकार गरेका छन् । हामीलाई त ज्वाईँकै मिलेमतोमा केही घटना घटाईएको छ कि भन्ने लागेको छ ।’

भिडियोमा हेर्नुहोस:

Leave a Reply

Your email address will not be published. Required fields are marked *