दुलहीको बुवा र २ भाई हत्कडी सहित विवाहमा आएपछि…

अन्य खबरहरु

काठमाडौ । विवाहमा जब बेहुलीको बुवा र दाजुहरु नै हत्कडीमा देखिएपछि त्यो विवाह कस्तो भयो होला ? सुन्दै अचम्म लाग्ने घटना भारतको बंगलुरुमा भएको छ । अहिले पनि सो विवाहको चर्चा जारी छ । हुन त एक विवाहको चर्चा हुनु स्वभाविक हो तर यो विवाहको चर्चाको कारण भने फरक छ ।

छोरीको विवाहको काम भइरहेको थियो । त्यही बेलामा अचानक फिल्मी तरिकाले दुलहीका बुवा हत्कडीसंग आइपुगे । उनलाई प्रहरीले घेरा लगाएको थियो । फिल्मको दृष्यमा देखिने जस्तो त्यहाँ प्रत्यक्ष दृष्य थियो । दुलहीका बुवा मात्र होइन उनका दुई भाई पनि त्यस्तै अवस्थामा आए । उनीहरुको हातमा पनि हतकडी थियो ।

एक युवतीको विवाहमा उनका पिता फिल्मी स्टाइलमा प्रवेश गरेपछि उपस्थित मानिसहरु झसंग भए । उनीहरु छोरीको विवाह समारोह नसकिदा सम्म सरिक भए । खासमा उनीहरु एउटा घटनाका कारण जे ल जिवन विताइरहेका थिए । एक जनाको ज्यान लिएको अभियोगमा उनीहरु जेलमा थिए । तर छोरीको विवाहमा सरिक हुने अनुमति दिएपछि उनी हत्कडी सहित विवाहमा पुगेका हुन् ।

दुलहीका पिता र भाइहरु नै यस्तो अवस्थामा विवाहमा प्रवेश गरेपछि केटा पक्षका जन्तीहरु पनि एकछिन हेरेको हेरै भए । विवाह समारोह भरी उनीहरु नै आकर्षणको केन्द्र बने । जेलमा रहेका उनीहरुलाई कर्नाटक उच्च अदालतले तीनै जनालाई विवाहमा सहभागी हुने अनुमति दिएका कारण उनीहरु त्यसरी सहभागी भएका थिए । अदालतले विवाहमा उपस्थित भएर साझ ६ बजेसम्म जेलमा फर्कन आदेश दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *