भुवन केसीका काका, गायक ध्रुव केसीको निधन

समाचार

काठमाडौ । अरु कालो रेलको धुवाँले, हामी कालो छाता हजुर ओढ्दै नओढ्नाले भन्ने गीत पक्कै सुन्नु भएको होला । यो गीतका गायक थाहा छरु नायक भूवन केसीका काका ध्रुव केसीले यो गीत गाएका थिए ।

तिनै गायक ध्रुव केसीले यो सन्सारबाट बिदा लिएका छन् । नायक भूवन केसीका काकाको निधनले केसी परिवारमा शोक परेको छ । उनको बिहिबार भैंसेपाटीस्थित अर्किड केयर सेन्टर निधन भएको परिवारले जनाएको छ ।

ध्रुव केसी आधुनिक गायकका रुपमा नेपाली संगीत आकाशमा चिनिन्छन् । उनले ३० को दशकमा नेपाली संगीतमा उत्कृष्ट गीतहरू दिएका थिए । केही गीतहरुले उनलाई चर्चाको शीखमा पुर्याएका थिए ।

ध्रुव केसीले धेरै गीतमा स्वर दिएका छन् । उनले गाएका ‘मायालु हजार हुन्छन्’, ‘नरोउ नरोउ साइली’, ‘अरु कालो रेलको धुँवाले’, ‘तिम्रो माया कागजको’ जस्ता गीत अझै चर्चामा छन् ।

वि।सं २००२ साल मंसिर ३ गते पिता यज्ञबहादुर केसी र माता पदमकुमारी केसीको कोखबाट जेठो छोराको रुपमा उनले जन्म लिएका थिए । उनको परिवारमा तीन छोरी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *