देशभर लकडाउन वा निषे`धाज्ञा हुने लगभग नि`श्चित

लकडाउन खबर

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मा`तहातको इन्सिडेन्ट कमाण्ड सिस्टमले देशभरि २५ हजारभन्दा बढी सक्रिय सङ्क्रमित नाघे लकडाउन गर्नुपर्ने सुझाबसहितको निस्कर्ष निकाल्यो । मन्त्रालयले कोभिड–१९ क्रा`इसिस मैनेजमेन्ट सेन्टर ‘सी सी एम सी’लाई उक्त सिफारिश गरेको थियो । दुई साता पछि असोज २१ गते सक्रिय सङ्क्र`मितको संख्या २५ हजार नाघेको छ ।

सक्रिय सङ्क्रमितको संख्या २५ हजार नाघेको छ, मन्त्रालयको सिफारिश बमोजिम लकडाउन हुन्छ त ? प्रश्नको जवाबमा सरकारका प्रवक्ता प्रदीप ज्ञवाली भन्नुहुन्छ, “देशभरि लकडाउन गर्ने अवस्था छैन्, हटस्पट भएको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेर कोभिड–१९ नियन्त्र`णको प्रयास गरिनेछ ।” प्रवक्ता ज्ञवाली कोभिड–१९ क्राइसिस मैनेजमेन्ट सेन्टर(सी सी एम सी)का सदस्य समेत हुनुहुन्छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा हाल करिब १४ हजार सक्रिय सङ्क्र`मित छन् । उपत्यका हट`स्पटको रुपमा परिणत हुँदैछ । तर हट`स्पटको रुपमा परिणत भएपनि उपत्यकामा लकडाउन वा निषेधित क्षेत्र घोषणाको तयारी देखिन्न । सीसीएमसीले उक्त अधिकार स्थानीय प्रशासनलाई प्रत्यायोजन गरिसकेको छ ।

यस अघि पनि उपत्यकामा सङ्क्रमित बढ्दा स्थानीय प्रशासनले नै निषेधित क्षेत्र घोषणा गरेको थियो । यद्द`पी प्रवक्ता ज्ञवालीले हटस्पट क्षेत्रलाई निषे`धित क्षेत्र घोष`णा गर्न सकिने बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *