४८ वर्षका मुख्यमन्त्री राई र २० वर्षीय मिस मंगोलको प्रेम कहानी ! उमेर भनेको एउटा नम्बर मात्रै हो

समाचार

२०१८ मा मिस मंगोलको उपाधि जितेलगत्तै पहिलो टेलिभिजन अन्तर्वार्तामा जाङमु इन शेर्पालाई सोधिएको थियो, ‘बिहे कहिले गर्ने योजना बनाउँनुभएको छ?’ त्यसबेला भर्खरै ‘टिन एज’ पार गर्न लागेको बताएकी उनको जवाफ थियो, ‘जब सम्पूर्णरुपले आत्मनिर्भर हुन्छु, अनि मात्र बिहे गर्छु।’

‘त्यतिञ्जेल त ३०–३५ काटिएला। ३०–३५ वर्षमा त केटाहरुले हेर्दैनन् भन्छन नी?’ जाङमुलाई अन्तर्वार्ताकारले प्रतिप्रश्न गरे। ‘ठिकै छ नहेरे पनि। उमेर भनेको एउटा नम्बरमात्रै हो। उमेरसँग मलाई कुनैपनि समस्या छैन। उमेर बढ्दै गयो र मैले केटा पाइन भने ठिकै छ। म एक्लैपनि बाँच्नसक्छु,’ जाङमुको आत्मविश्वासपूर्ण उत्तर थियो।

त्यही उत्तर दिएको दुईवर्षपछि जाङमुको जीवनमा त्यही प्रसंग दोहोरिएको छ। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँग माघ ११ गते जाङमुले लगनगाँठो कस्ने तयारी गरेपछि उनीहरुबीचको ‘उमेर अन्तर’लाई सामाजिक सञ्जालमा चर्चाको विषय बनाइएको छ। उनका जीवनसाथी बन्न लागेका मुख्यमन्त्री राई उनीभन्दा झण्डै दोब्बर (५० वर्ष) उमेरका हुन। यसबारे पनि जाङमुले दुईवर्ष अघिकै उत्तर दोहोर्‍याईन, ‘उमेर भनेको एउटा नम्बरमात्रै हो।’

संक्षिप्त कुरा गर्दै जाङमुले भनिन्, ‘हामीबीच उमेर केही फरक छ तर मिडियामा आएको जस्तो मेरो साँच्चिकै उमेर त्यही हैन। हामीले अहिले मिडियामा नबोल्ने र बिहेपछि मात्रै बोल्ने निर्णय गरेका छौं। ११ गतेपछि मात्रै सबै कुरा खोलेर भन्छु। उमेर भनेको एउटा नम्बरमात्रै हो।’**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

यही माघ २ गते शेरधन राईको सचिवालयबाट उनको बिहे हुन लागेको खबर बाहिरिएको थियो। त्यसलगत्तै राई स्वयमले पनि सो कुराको पुष्टि गरे। कुराकानीमा मुख्यमन्त्री राईले हुनेवाली बेहुलीको बारेमा केही नबताए पनि माघ ११ गते आफू विवाह बन्धनमा बाधिँन लागेको भने खुलाएका थिए।

‘चाँडै नै विवाह हुँदैछ। तर अहिले प्रदेशको राजनीतिको विषयमा व्यस्त छु,’ राईले भने, ‘विवाहको कार्यक्रम माघ ११ गते काठमाडौमा हुनेछ। युवतीबारे भने पछि नै खोलौंला।’ राईको जन्म भोजपुर जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने थिदिङ्खा गाउँमा २०२७ सालमा भएको हो। शेरधन तीन सन्तानमध्येका एक हुन्। उनका दुई बहिनी छन्।

उनका बुबा जागीरमान पंचायतकालमा वडाध्यक्ष थिए। बुबाकै पदचाप पछ्याउँदै राई विधार्थी राजनीतिमा होमिएका हुन। ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य रहेका राई संघीय सरकारमा यसअघि सूचना तथा संचार प्रविधिमन्त्री थिए। २०७४ फागुनमा उनी प्रदेश १ को मुख्यमन्त्री बनेका हुन्।

संखुवासभाकी जाङमु सानैदेखि काठमाडौंमा बस्दै आएकी हुन। उनका बाबु–आमा भने अमेरिकामा बस्छन। उनको सानैदेखि सौन्दर्य र मनोरञ्जन क्षेत्रमा रुचि बसेको हो। विगत पाँच वर्षदेखि जाङमु मोडलिङमा सक्रिय छिन। ११ वर्षकै उमेरमा उनले ‘मिस किड क्वीन’मा सहभागिता जनाएकी थिइन्। एसएलसी दिएपछि ‘मिस एसएलसी आइडल’ र प्लस टूमा अध्ययनका क्रममा उनले ‘मिस इ कलेज’ जस्ता सुन्दरी प्रतियोगितामा सहभागिता जनाएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *