विवाह गरेको दुई महिनामै १६ वर्षीया निमाको रहस्यमयी मृ*त्यु, माइतीलाई शव पनि देखाइएन (भिडियो हेर्नुस्)

भिडियो समाचार

काठमाडौ – दुई महिना अघि मा १६ वर्षको उमेरमै विवाह गरेकी एक किशोरीको रहस्यम नि धन भएको छ । झापाकी स्थानिय निमा लिम्बुको १६ वर्षकै उमेरमा रहस्यमय नि धन भएको हो ।

उनले देह त्याग गरेको श्रीमानका परिवारका सदस्यले बताएका छन् । घटना हुँदा आफुहरुले थाहा नपाएको परिवारका सदस्यले बताएका छन् । वर्षात लिम्बु (श्रीमान) र सासुले किन यस्तो निर्णय गरिन् भन्ने आफुहरुलाई थाहा नभएको बताएका छन् ।

तर निमाका परिवारका सदस्यले भने घ टना रहस्यमयी भएको बताएका छन् । घ टनाको सत्य तथ्य छान विन हुनुपर्ने माग उनीहरुको छ । निमाको दिदीले भाव विह्व ल हुँदै भनिन्, उसले देह त्याग गरेको भएपनि त्यसको के कारण थियो भन्ने कुराको खुलासा हुनुपर्छ । आफ्नो जिवन नै त्याग गर्ने निर्णय त उसले त्यसै गरीन होला ।

निमा कात्तिक ३० गते उनी घरवाट निस्केकी थिइन् । तर उनी कहाँ छन् भन्ने कुरा परिवारले जानकारी पाएका थिएनन् । केही दिन पछि उनीहरुले वर्षात लिम्बु संग रहेको जानकारी पाएको बताएका छन् । युवकको उमेर करिब २४ वर्षको रहेको उनीहरुले बताएका छन् । निमा घरवाट हिडेपछि मात्र वर्षातसंग प्रेम रहेको थाहा पाएको बताए ।

घरवाट हिडेको एक महिना पछि मात्र निमा वर्षातसंग विवाह गरेको रहेछ भन्ने थाहा पाएको बताए । आफै विवाह गरेर गए पछि छोरीसंग कुनै सम्पर्क नभएको उनीहरुले बताए । तर एकै पटक उसको निधन भएको मात्र आफुहरुले थाहा पाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *