नेपालमा सबैभन्दा धेरै, वार्षिक पौने दुई करोड तलब सुविधा लिने, को हुन् यी महिला ..

समाचार

नेपालमा पछिल्लो समय हरेक क्षेत्रमा महिलाको सशक्तिकरण भएको छ । राजनीतिक क्षेत्रमात्र नभएर अन्य क्षेत्रमा महिलाको सहभागिता बढिरहेको छ । आर्थिक रुपमा महिलाको पहुँच कम । तर, पछिल्लो समय आर्थिक क्षेत्रमा पनि केही महिला सक्षम र नेतृत्वदायी भूमिकामा महिला छन् ।

जसले उनीहरुले उच्च तलब सुविधा बुझिरहहेका छन् । धेरै तलब सुविधा बुझ्ने मध्येकी एक महिला हुन् अनुपमा खुञ्जेली । खुञ्जेली मेघा बैंकको प्रमुख कार्यकारी अधिकृत हुन् ।

उनको वार्षिक तलब,भत्ता सहितको सुविधा बापत गत आर्थिक वर्ष पौने दुई करोड रुपैयाँ बुझेकी छिन् । उनी सम्भबतः नेपालमा सबैभन्दा धेरै तलब बुझ्ने महिलामा पर्छिन् । नेपालमा सरकारी क्षेत्रमा सबैभन्दा धेरै तलब खाने राष्ट्रपति हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मासिक तलब एक लाख ७७ हजार ५ सय ३१ रुपैयाँ हुन्छ । यसरी हेर्दा वर्षभरीको राष्ट्रपतिको तलब मात्र हेर्ने हो दसैंसमेत जोडेर १३ महिनाको हिसाब गर्दा २३ लाख सात हजार नौ सय तीन रुपैयाँ हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *