काठमाण्डौको मेरियट होटेल विश्वकै उत्कृष्ट होटलमा छ’नोट, जहाँ बसेको एक रातको यति पर्छ रकम…

समाचार

काठमाडौं- चेन होटल मेरियट काठमाडौं विश्वकै उत्कृष्ट होटलमा छा’निएको छ । विश्वभर रहेका पर्यटकीय गन्तव्य र होटलबारे समिक्षा प्रकाशन गर्ने साइट ट्रिप एडभाइजरले सन् २०२० को ‘ट्रा’भलरर्स च्वाइस अवार्ड’ नेपालबाट मेरियट काठमाडौंलाई प्रदान गरेको हो ।ट्रिप एडभाईजरले लाखौं पर्यटकहरुले गरेको समिक्षा, रेटिङ, सु’रक्षाजस्ता विषयलाई आधार बनाएर उत्कृष्ट होटल छनौट गर्दै आएको छ । सोही अनुरुप नेपालको एमएस ग्रूपद्वारा संचालित चेन होटल मेरियट काठमाडौं ‘ट्राभलरर्स च्वाइस २०२०’ विजेता बनेको हो ।

सन् २०१९ को अप्रिलबाट संचालनमा आएको सो होटलले छोटो अवधिमै यस अघि ५ वटा अवार्ड पाइसकेको छ ।पछिल्लो समय संचालनमा आएको पाँच तारे होटलले ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरेको भन्दै विभिन्न संस्थाबाट अवार्ड पाएको थियो । ट्रिप एडभाईजरले विश्वको होटलमध्ये २०२० मा उत्कृष्ट १० प्रतिशत होटलमा पर्न सफल भएको भन्दै उक्त अवार्डबाट सम्मानित गरेको हो । विश्वभर रहेका पर्यटकीय गन्तब्य र होटलबारे समिक्षा प्रकाशन गर्ने साइट ट्रिप एडभाइजरमा हाल १४ लाखभन्दा बढी हो’टलहर आ’वद्ध रहेका छन् ।

जसमध्ये नेपालबाट होटल मेरियट काठमाडौंलाई छनौट गरेको हो । एमएस ग्रूपले बनाएको उक्त होटलमा २१४ कोठा रहेका छन् ।होटलमा १९३ डिलक्स रुम, २० स्वीट छन् । मेरियट इन्टरनेशनलको क्लासिक लक्जरी सेगमेन्टको उक्त होटलको व्यवस्थापन भने मेरियटले हेर्दै आएको छ । कुल १३ रोपनी क्षेत्रफलमा फैलिएको सो होटल १३ तलाको रहेको छ । नक्साल, नागपोखरीबाट केही पाइला दक्षिणतिर अघि सार्दा बायाँ तिर ठडिएको काठमाडौं मेरियट होटलमा ठ्याक्कै नजर पर्छन् ।२० वर्षपछि काठमाडौंमा थपिएको यो पाँच तारे होटल १३ रोपनीमा फैलिएको छ ।

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट यो होटल खासै टाढा नरहेकाले विदेशी पर्यटकहरुको रोजाइमा पर्ने गरेको छ ।केही समयपछि जि’म क्ल’वमा भने सर्वसाधारणका लागि खुल्ने छ । २ सय १४ वटा कोठा रहेको काठमाडौं मेरियटभित्र एउटा प्रे’सिडेन्सियल रुम छ । यो रुम विदेशी राष्ट्र प्रमुखहरुलाई ल’क्षित गर्दै बनाइएको हो । जुन प्रयोग गरेवापत एक दिनकै साढे २ लाख रुपैंया“ तिर्नुपर्छ । ‘तर पैसा तिर्ने हो भने जो कोही यो रुममा बस्न सक्छन् ।’सञ्चालक अग्रवालले सुनाए ‘प्रे’सिडेन्सियल रुमले ८ वटा कोठा बन्ने स्थान ओ’गटेको छ ।’

यो बाहेक अरु कोठाको भने १४ हजार देखि १ लाख रुपैंया“ रेट तो’किएको छ । डिलक्स रुमका १५ हजार र सुइट रुमका लागि पचास हजार रुपैंया“ शुल्क तो’किएको छ । सञ्चालक अग्रवालका अनुसार काठमाडौं मेरियट होटलमा स्वदेशी तथा विदेशी पर्यटकहरुका लागि बेग्ला–बेग्लै रेट तो’किएको छ । लक्षित बजार यही नै हो भन्ने नि’श्चित त छैन । खर्च गर्न सक्ने जो कोही यो होटलमा खान, बस्न सक्छन् ।नेपालमा आफैले व्यवस्थापनको जिम्मा लिएका मल्ल होटल, सांग्रिला होटल, याक एण्ड यति लगायतका अन्यले पनि राम्रै गरिरहेका छन् ।

उपत्यकाका डाँडाकाँडा र यहाँबाट देखिने हि’मश्रृंखला नि’याल्नुको मजा अर्कै छ । यो होटलले २ सय २० जनालाई रोजगारी दिलाएको छ ।सञ्चालक अग्रवालले अझ त्यो संख्या विस्तार गरेर २ सय ८० जना पुर्याउने लक्ष्य राखेका छन् । मेरियट होटलको मेनुमा क’न्टिनेन्टल फु’डका साथै चाइनिज, जापनिज नेपाली परिकारहरु उपलब्ध छन् ।एकै पटक १ हजार जनालाई खाना स’र्भ गर्न सक्ने क्ष’मता छ होटलसँग । अहिले १ सय ६० वटा गाडी पार्किङ गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *