Loading...
156 views
राशिफल

आज असोज २२ गते बुधबार, हेर्नुस् आजको तपाइको राशिफल, तपाइको दिन सुभ रहोस् !

वि.सं.२०७६ साल असोज २२ गते । बुधबार । इस्वी सन् २०१९ अक्टोबर ०९ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन शुक्लपक्ष । तिथि एकादशी,३० घडी ०७ पला,बेलुकी ०५ बजेर ५७ मिनेट उप्रान्त द्वादशी । नक्षत्र धनिष्ठा,४७ घडी १९ पला,रातको १२ बजेर ५० मिनेट उप्रान्त शतभिषा । योग शूल,५५ घडी ५० पला,रातको ०४ बजेर १४ मिनेट उप्रान्त गण्ड । करण भद्रा,बेलुकी ०५ बजेर ५७ मिनेट उप्रान्त बव । आनन्दादिमा मित्र योग । चन्द्रराशि मकर,मध्यान्ह ११ बजेर ४० मिनेट उप्रान्त कुम्भ । काठमाडौँमा सूर्योदय ०६ बजेर ०० मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४० मिनेट । दिनमान २९ घडी ०८ पला । पापांकुशा एकादशी व्रत । अन्नपूर्णा यात्रा ९असँचालँ० । विश्व हुलाक दिवस ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आर्थिक अवस्था उकास्न गरिने क्रिर्याकलापहरु फस्टाएर जाने हुनाले मनग्गे आम्दानी हुनेछ । बुवाको धन परिचालन गरी लाभ लिन सकिनेछ । शिक्षा तथा यस्तै क्षेत्रमा लगानी गर्ने अवसर आउनेछ । दाजुभाइको सहयोगले सवारी साधन जोड्न सकिनेछ भने प्रेम तथा मित्रतामा आत्मीयताको विकास हुनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्त तथा परिवारका साथ उपलब्धिमूलक रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोस, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउँदै जानेछ । साथीभाइ तथा इष्टमित्रको सहयोग मिल्नेछ । मान्यजनको सहयोगमा गरेको काममा सफलता मिल्नेछ । नयाँ काम गरी मनग्गे लाभ लिन सकिनेछ भने रोजगारीको खोजीमा हुनेहरूले काम पाउने प्रशस्त सम्भावना रहेको छ । काम गर्ने ठाउँमा तपाईँको कामको प्रशंसा हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले आफन्त तथा अग्रजहरूको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । नयाँ काम पाउने तथा सुगम स्थानमा स्थानान्तरणको बलियो सम्भावना रहेको छ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहानको समय राम्रो रहेकोले पढाई लेखाइमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ ठाउँमा नयाँ नियुक्ति तथा काम गरिरहेको ठाउँमा बढोत्तरी हुने योग रहेको छ । प्रेममा नजिक भई रमाउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले भौतिक सम्पत्ति तथा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्तसँग मनमुटाब सिर्जना नहोला भन्न सकिन्न ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययन अध्यापनमा अरूलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसी भएको महसुस गर्नेछन् । रमाइलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाफा कमाउन सकिनेछ । साँझपख गोप्य सूचनाहरू बाहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुने हुनाले विद्या तथा प्रतिस्पर्धा अरू भन्दा पछि परिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्निबीच मायाको डोरो कसिलो भएर जानेछ । व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरू स्वतः ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ । पढाई लेखाइमा अरूभन्दा अग्र पंतिमा तपाईँको नाम आउनेछ । अदालतबाट आउने निर्णयहरू तपाईकै पक्षमा आउने हुनाले एक किसिमको उमङ्ग शरीरमा आउनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिहानको समय मध्यम रहेकोले सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महसुस हुनेछ । माया प्रेममा धोका हुनेछ भने घर परिवारमा आफन्त तथा पति पत्नीबीच मनमुटाब बढ्नेछ । प्रतिस्पर्धीहरूको अवरोधले फाइदाको सम्भावना टरेर जानेछ । मध्यान्हबाट समय राम्रो रहेकोले व्यवसायमा लगानी बढाउँदा मनग्गे लाभ हुनेछ । आफन्त तथा मावली पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ । पढाई लेखाइमा प्रतिद्धन्द्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) बिहानको समय राम्रो रहेकोले आफन्त, दाजुभाइ तथा अग्रजहरूको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । छोटो तथा रमाइलो यात्राको तय गर्न सकिनेछ । उत्पादनमुखि व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले स्वास्थ्यमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । राजनीति तथा सामाजिक काममा समय खर्चनेहरूका लागी समय मध्यम रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) उद्योग तथा उत्पादन मूलक व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । छोटो दुरीको उपलब्धि मूलक यात्राको तय गर्न सकिनेछ भने व्यापारमा प्रशस्त आम्दानी हुनेछ । दाजुभाइ तथा आफन्तबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रसन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ । पुराना विवादित विषयहरू हल भएर जानेछन् । नाफामुलक व्यवसाय भन्दा सेवामुलक व्यवसाय फस्टाएर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सबैको सहयोग पाइने हुँदा प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । बोलेर गर्ने कुनै पनि पसा व्यवसाय फस्टाएर जानेछ । समय अनुसार बिचार सिर्जना गर्न सकिने हुँदा धेरैको मन जित्न सकिनेछ । कुटुम्ब तथा आफन्तसँग मिलेर गर्ने कुनै पनि व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समय राम्रो रहेको छ । गीत सङ्गीत तथा मोडलिङ पेसा व्यवसायबाट भनेजस्तो आम्दानी हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने योग रहेको छ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक क्षत्रे बलियो हुनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ । पढाई लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । सुख दुखमा साथ दिनेहरू प्रशस्त भेटिने हुँदा मन प्रसन्न रहनेछ । बिहानको समयमा यात्रासँग सम्बन्धित कामहरू हुनेछन् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिहानको समय उत्तम रहेकोले शिक्षा तथा बैङ्किङ क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । मध्यान्हबाट माया प्रेममा मनमुटाब सिर्जना हुनेछ भने पति पत्नीबीच अविश्वास बढ्नेछ । साथीभाइ तथा आफन्तहरूको भेटघाटले नयाँ काम गर्ने अवसर आय पनि फाइदाको लागि अलि बढी मेहनत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भए पनि दैनिक काम गर्न गाह्रो हुने छैन । पढाई लेखाइमा अलि बढिनै समय दिनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *