सन्कटा देबिको दर्शन गर्दै भोली पुस २५ गते सनिबारको राशिफल हेर्नुहोस

राशिफल

पुष २५ गते शनिबार, यस्तो छ तपाईको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
प्रेममा सफलता प्राप्त हुनेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले समयमा नै काम सम्पन्न हुनेछ । मान प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
पढाइ लेखाइमा मन नजाने हुनाले प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ । सत्रु लाग्ने तथा न्यायिक निर्णयहरु तपाईंको पक्षमा नहुने हुनाले मुद्दा मामिलामा सामेल नहुनुहोला । स्वास्थ्यमा समस्या आई दैनिक कामकाजहरु प्रभावित हुनेछन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
अध्ययन अध्यापनमा मन जाने तथा नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । कृषि, पशुपालन, बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धित व्यावसायबाट भने जस्तो लाभ लिन सकिनेछ । चिठ्ठा, उपहार तथा आकश्मिक लाभ हुने योग रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
बिद्यामा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । घर परिवारका सदस्य वा आमाको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढेर जानेछ । यन्त्र तथा उपकरणको प्रयोग गर्दा ध्यान दिनुहोला । सामाजिक काममा दिन बित्ने योग रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
तर्क र बहसमा तपाईँको पकड गतिलो रहनेछ भने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउनेछ । परिवानजनको सहयोगले दिन उत्साहपुर्वक वित्नेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु सम्पादन हुनेछन् । सानो लगानीबाट मनग्गे लाभ लिन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आर्थिक तथा बौद्धिक क्षेत्रमा तपाईंको गतिलो उपस्थितिले मान तथा सम्मान दिलाउनेछ । बोलिको प्रभाव बढ्ने हुँदा समर्थक तथा प्रशंसक बढ्नेछन् । पारिवारिक माहोलमा सहभागी भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अध्यानमा मन जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
तपाईँबाट राम्रा काम हुने हुनाले आफन्त तथा साथिभाईहरु खुशि हुनेछन् । राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउन सकिनेछ । सिर्जनात्मक काम गरेर आम्दानिका स्रोत बढाउन सकिनेछ । पढाइ लेखाइमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । स्वास्थ्य सम्बन्धी समस्या आई काम गर्न गाह्रो महशुष हुनेछ । व्यापार व्यवसायबाट आम्दान गर्न केही समय पर्खनु पर्नेछ । अध्ययनको शिलशिलामा विदशमा हुनुहुन्छ भने समयले साथ दिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
अध्ययन तथा अध्यापनमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा समय दिनुहोला मनग्गे रुपैया पैसा कमाउने समय रहेको छ । दाम्पत्य जीवनमा सामान्य बिवाद सिर्जना हुनेछ । रमाईलो वातावरणमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
तपाईँबाट राम्रा काम हुनाले पिता, परिवार वा वंशकै मानसम्मान,ईज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । सन्तानले उन्नति र प्रगति गर्नेछन् । दृढ इच्छाशक्तिका कारण शरीरमा उत्साह र ऊर्जा भरिपूर्ण हुनेछ । बन्द व्यापारको क्षेत्रमा पनि वर्चस्व स्थापना हुने समय छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रवल सम्भावना रहेको छ । खोज तथा अनुशन्धानको क्षेत्रका भने जस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न हुनेछ । नयाँ काम पाउने तथा नोकरिमा बढुवा हुने योग रहेको छ । भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले ठुलो काम बन्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
बोल्दा ध्यान दिनुहोला, बोलीको विपरीत अर्थ लाग्न सक्छ । शरीर भारि र मन अस्थिर रहने हुनाले काम गर्न मन लाग्ने छैन । शरिरमा आलस्य र थकानको अनुभूति हुनेछ । बाटो काट्दा वा सवारी साधनको प्रयोग गर्दा सचेत हुनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *