दशैमा सहरबाट घर फर्किने भए असोज २६ गतेसम्म फर्किसक्न उर्दी

अन्य खबरहरु

काठमाण्डौ । रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका खोटाङले एक सूचना जारी गरी कोरोना भाइरसबाट सतर्कता अपनाउन आग्रह गरेको छ । नेपालीहरुको महान् पर्व दशै तथा तिहार मनाउनका लागि आफ्ना वडामा आउने वडाबासीलाई मिति नै तोकेर देश, विदेश तथा अन्य जिल्लाबाट चाड पर्व मान्न आउने व्यक्ति तथा नागरिकलाई यहि असोज २६ गतेसम्म आईसक्नुपर्ने सूचना जारी गरेको हो ।

जारी सूचना अनुसार वडामा आउने नागरिकहरुले नियम अनुसार अनिवार्य १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने जनाएको छ । यसरी नियम अनुसार पालना नगरी वडा तथा गाउँटोलमा कोरोना भाइरसको संक्रमण फैलिएमा सो को जवाफदेही सहित सम्बन्धित व्यक्ति र परिवार जिम्मेवारी हुनुपर्ने सूचना जारी गरेको छ ।

अन्य समाचार : सरकारी विद्यालयकै शिक्षकलेपनि तलब नपाउने भए, एक छाक टार्नै धौ–धौ ! काठमाडौं । देशकै नमुना माध्यमिक विद्यालयमध्येको नारायणी माध्यमिक विद्यालयमा दरबन्दीमा भन्दा निजी स्रोतका शिक्षक बढी छन् । शिशुदेखि कक्षा १२ सम्म अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ हुने यो विद्यालयमा ४० जना मात्रै दरबन्दीका शिक्षक छन् भने ४७ जना निजी स्रोतका रहेका छन् ।

दरबन्दीका शिक्षकलाई सरकारले दिने तलब खुवाइए पनि निजी स्रोतका शिक्षकलाई तलब खुवाउने समस्या भएको विद्यालयका प्रधानाध्यापक (प्रअ) पूर्णप्रसाद दवाडी बताउँछन् । उनले भने, “निजी स्रोतका शिक्षकलाई मात्रै हामीले मासिक पाँच लाख रुपियाँ तलब दिनुपर्छ । कोरोनाले केही महिना यता विद्यालय बन्द हुँदा हामीले निजी स्रोतबाट राखिएका शिक्षकलाई तलब खुवाउन सकेका छैनौँ ।’

दुई हजार पाँच सयभन्दा बढी विद्यार्थी रहेको यो विद्यालयमा विद्यार्थीको चाप अनुसार शिक्षक दरबन्दी नहुँदा निजी स्रोतमा शिक्षक राख्न बाध्य भएको उनको भनाइ छ । उनी थप्छन्, “असारसम्म त हामीले बनाउँदै गरेको विद्यालय भवनको निर्माणको काम रोकेर त्यसको बजेटले शिक्षकलाई तलब दिएका हौँ । अहिले त साउन यता तलब दिएको छैन । दशैँको मुखमा न उहाँहरूलाई तलब दिन सकिन्छ न त विद्यालयमा नियमित पढाऔँ भन्न सकिन्छ ।”

निजी स्रोतका शिक्षकलाई दिइने तलबको स्रोत विद्यार्थीबाट लिइने चन्दा रकम नै भएको जनाउँदै उनले त्यो रकम उठाउन नपाइने भएपछि समस्या भएको बताए । यो समस्या अहिले नेपालभित्रका झण्डै २८ हजार निजी स्रोतका शिक्षकले भोगिरहेको नेपाल शिक्षक महासङ्घका केन्द्रीय अध्यक्ष बाबुराम थापा बताउँछन् ।

उनले भने, “विद्यालयले नै आन्तरिक स्रोतमा तलब भत्ता खुवाउने गरी निजी स्रोतमा शिक्षक राख्ने प्रक्रिया नै गलत छ । विद्यार्थीको चापका आधारमा शिक्षक दरबन्दीको व्यवस्था नहुँदा विद्यालय आफ्नै शिक्षकलाई तलब खुवाउन नसक्ने समस्यामा रहेको उहाँको बुझाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *