Loading...
145 views
खेलकुद

ब्याटिङ–बलिङमा चम्किँए करन, नेदरल्याण्ड्सविरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौंः ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–२० सिरिज अन्तर्गत नेदरल्याण्ड्स विरुद्धको खेलमा नेपाल ४ विकेटले विजयी भएको छ । करन ब्याटिङ–बलिङ केसी चम्किँदा नेपालले ४ विकेटले विजयी भएको छ ।नेदरल्याण्ड्सले दिएको १३४ रनको लक्ष्य पछ्याएको नेपालले १९.५ ओभरमा ६ विकेट गुमाएर पूर गयो ।

नेपालका लागि करन केसीले विष्फोटक ब्याटिङ गरे । उनले ३ छक्का र १ चौकाको मद्दतमा १४ बलमा नटआउट ३१ रनको योगदान दिए ।यस्तै कप्तान पारस खड्काले ३३, विनोद भण्डारीले २६, दिपेन्द्रसिंह ऐरीले ८, पवन सराफले ९, साेमपाल कामीले अविजित ३ र आरिफ शेखले २ रन बनाए ।बलिङमा नेदरल्याण्ड्सका रिलोफले २, ब्रान्डन ग्लोभर, पल भ्यान मेकिरेन र फ्रेड क्लासेनले एक–एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३३ रन बनायो ।उसका लागि म्याक्स उडले ४३, कोलिन एर्कम्यानले २९, एन्टोनियस स्टालले २१, स्कट एडवर्ड्सले १६ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा हङकङविरुद्ध पनि ४ विकेट लिएका करनले आज पनि ४ विकेट लिन सफल भए ।उनले नेदरल्याण्डविरुद्ध ३.३ ओभरमा ४ विकेट लिएर १७ रन मात्र दिए ।यस्तै, हङकङविरुद्ध विकेटबिहीन रहेका सन्दीप लामिछानले ४ ओभरमा २० रन दिएर महत्वपूर्ण ४ विकेट लिए । ललित नारायणराजवंशीको नाममा १ विकेट रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *