अन्ततः कर्मचारीलाई दसैं बिदा दिने निर्णय

अर्थ खबर

काठमाडौं । नेपाली सेनाले कर्मचारीलाई दसैं बिदा दिने भएको छ ।

कोरोना भाइरसको महामारीका कारण लामो समयसम्म बिदा जान नपाएकाहरुलाई दसैं मनाउन छुट्टी दिन लागेको हो ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार दसैंमा घर जानेहरुलाई सकेसम्म सेनाले आफ्नै बस र हवाईजहाजमार्फत पु¥याउने तयारी गरिरहेको छ ।

लामो समयसम्म बिदा जान नपाएकाहरुलाई पठाउने पौडेलेको भनाई छ । बिदाबाट फर्केपछि क्‍वारेन्टिन बसाउने र सबै स्वास्थ्य मापदण्ड अपनाएर काममा फर्काउँन उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *