मलेसियावाट ज्वाइँले पठाइदिएको पैसाले ससुरालीले नयाँ घर बनाए, त्यसपछि छोरीको फेरी अर्कैसंग विवाह गरिदिए (भिडियो हेर्नुस्)

भिडियो समाचार

काठमाडौ । विदेशमा आफु भएको बेलामा श्रीमतिलाई ससुरालीले फेरी अर्कैसंग विवाह गरिदिएको भन्दै श्रीमान् मिडियामा आएपछि माइती पक्षले प्रतिकृया जनाएका छन् । धुमधामसंग विवाह गरेर पैसा कमाउन भन्दै विदेश गएका रुपन्देहीको भैरहवाका रविन विश्वकर्माको श्रीमतिलाई ससुरालीले फेरी अर्कैसंग विवाह गरिदिएको आरोप लगाएका छन् ।

रविनले विदेशवाट पठाएको पैसाले ससुरालीले नयाँ घर बनाएपछि छोरीको अन्तै विवाह गरिदिएको रविनको भनाई छ । उनी मलेसिया गएपछि श्रीमतिलाई विदेशवाट पैसा पठाउँथे । ससुरालीको घर पनि उनले नै बनाइदिएको बताउँछन् ।

म मलेसिया गएपछि श्रीमति माइत गएर बसिन्, ससुरालीले घर बनाउँदै थिए । त्यसका लागि पनि मैले मलेसियावाट पैसा पठाए । तर घर बनाएर सकेपछि श्रीमतिलाई ससुरालीले नै छोरीको विवाह अर्कैसंग गरिदिए ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

रविनले म सिलाई सिक्छु भन्दै श्रीमति माइत गए पछि उनीहरुको फोनमा कुराकानी पनि भइरहेको बताएका छन् । त्यतीबेला श्रीमतिले केही संकेत भने नदेखाएको बताएका छन् । तीन वर्ष अघि मन्दिरमा गएर गैडाकोट नगरपालिका धारापानीकी युवतीसंग उनले विवाह गरेको बताएका छन् ।

मिडियामा रविनले सबै कुरा सार्वजनिक गरेपछि माइती पक्षले फोन गरेर आफुहरुलाई गलत आरोप लगाएको बताएका छन् । रविनले आफुले मलेसियामा बस्दा कमाएको पैसा र लगाएको गहना समेत लिएर गएको बताएका छन् । आफुले कमाएर पैसाले नयाँ घर बनाएको दावी गरेका उनले सबै फिर्ता मागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *