को` रोना भाइरसकाे नयाँ प्रजाति तीव्र रुपमा फैलिँदै, नेपाल पनि उच्च जोखिममा

कोरोना अपडेट(कोभिड -१९)

। को- रोना भाइरसको नयाँ प्रजातिको उच्च जोखिममा नेपाल पनि रहेको छ । बेलायतबाट सुरु भएको नयाँ भाइरस पछिल्ला दिनमा छिमेकी मुलुक भारतमा पनि देखिएपछि नेपाल थप जोखिममा रहेको हो ।। केही दिनअघि बेलायत हुँदै नेपाल फर्किएका पाँच जनामा को- रोना संक्रमण पुष्टि भएको थियो ।।

यद्यपि उनीहरूमा देखिएको को- रोना नयाँ प्रजातिको हो या होइन भनेर जिन सिक्वेन्सिङ गरिएको छैन । नयाँ को- रोना भाइरस पहिलेको को- रोना भाइरस`भन्दा तीव्र गतिमा सर्ने गरेको अध्ययनले पुष्टि गरेको छ । चिकित्सकका अनुसार नयाँ स्वरूपको भाइरस कडा प्रकृतिको भने होइन । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार नयाँ स्वरूपको को- रोना भाइरस तीव्र गतिमा फैलिन्छ ।।

उनले भने, ‘यो भाइरसले छिटो प्रभावित पार्छ । भारत`सँग`को खुला सिमानाका कारण नेपाल जोखिममा रहेकाे छ । जोखिम रोकथामका लागि सरकारले तीव्र तयारी गर्नुपर्ने देखिन्छ ।’ जनस्वास्थ्य विज्ञ डा। रवीन्द्र पाण्डेका अनुसार भाइरसले पटक -पटक म्युटेसन हुने र आफूलाई अपडेट गरिरहन्छ । उनले भने, ‘यो को- रोना भाइरस नै हो, अर्को नयाँ भाइरस होइन ।।

भाइरस पटक पटक म्युटेसन हुन्छन् र आफूलाई अपडेट गरिरहन्छन् । यसअघि पनि २३ पटक नोबेल को- रोना भाइरसको म्युटेसन भएको थियो । को- रोना भाइरसको त ४ हजार पटकभन्दा धेरैपटक म्युटेसन भएको छ ।’ नयाँ स्वरूपको भाइरस निकै छिटो सर्ने भएकाले नियन्त्रण गर्न गाह्रो हुने बेलायती अधिकारीले बताएका छन् । याे खबर राजधानी दैनिकमा रहेकाे छ ।।

याे पनि, नेपालमा पनि नयाँ भाइरस भित्रिएको हुनसक्ने आशंका, २ सय ३५ जनालाई निगरानीमा राखियाे, यस्ताे छ सरकारकाे अबकाे तयारी ? बेलायतमा नयाँ प्रकारको को` रोना भाइरस फेला परेपछि उक्त मुलुकबाट नेपाल भित्रिएका २ सय ३५ जना नागरिक निगरानीमा परेका छन् भने १४ जना क्वारेन्टाइनमा छन् ।।

उनीहरूको स्वाब नमुना संकलन गरी नेपालमा नयाँ भाइरस प्रवेश भए या नभएको अध्ययन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले बेलायतबाट सीधै र अन्य मुलुकबाट बेलायत ट्रान्जिट हुँदै आउने नागरिकलाई निगरानीमा राखिएको जानकारी दिए ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *