केपी ओलीको छोरी भन्छिन्, ‘नेपालवाट अब संघियता पनि खारेज गर्नुपर्छ’

विचार

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली समुहकी केन्द्रिय सदस्य तथा विघटित संघिय संसदका सांसद निरु पालले संघियता समेत विघटन गर्नुपर्ने बताएकी छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यस्तो गर्ने आँट गर्न अनुरोध गरेकी छन् ।

प्रधानमन्त्री ओलीसंग ब्यक्तिगत रुपमा पनि निकट सम्बन्ध रहेकी निरु पालले प्रधानमन्त्री ओलीलाई संघियता खारेज गर्न सुझाव दिएकी छन् । निरुले प्रधानमन्त्री ओलीलाई बुवा सम्बोधिन गर्छिन । पारिवारिक सम्बन्ध रहेकी निरुले प्रधानमन्त्री ज्यू संघियता खारेज गरेर प्रत्यक्ष निर्वाचनमा जाने आँट गर्नुस् भन्दै सुझाव दिएकी छन् ।

उनले सामाजिक सञ्जाल फेसवुकमा एक स्टटास लेख्दै प्रधानमन्त्री ओलीलाई यस्तो आग्रह गरेकी छन् । निरु फेसवुकमा लेख्छिन्, सम्माननिय प्रधानमन्त्री ज्यु आँट गर्नुस संघियता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसद को सिट १०५ केन्द्र को मन्त्रीमण्डल बढिमा १५ सदस्यीय र भ्रष्टाचारी लाई जेलको कालकोठरी मा सडाउने आँट गर्नुस नेपाली जनताको मनमस्तीस्कमा सधै बस्नुहुनेछ।मेरो ब्यक्तिगत बिचार ।

निरुले लेखेको यस्तो अभिब्यक्तिमा मिश्रित प्रतिकृया आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेसंगै नेपाल कम्युनिष्ट पार्टी नेकपा अनौपचारीक रुपमा विभाजन भएको । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समुह प्रधानमन्त्री ओलीले सो कदमको विरोध गर्दै सडकमा उत्रिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *