फेरी १८ दिन लकडाउन,समन्वय समितिले लकडाउनको मोडालिटी तयार पुरा पढ्नुहोस

लकडाउन खबर

काठमाडौ । सरकारले १८ दिन लकडाउन गर्ने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय सं’क्रमित पुगेको अवस्थामा लकडाउन गर्न सिफारिस गरेको छ । सोही अनुसार कोरोना रोकथाम तथा नि’यन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडालिटी तयार गरेको हो ।

समितिको बैठकले बढिमा १८ दिन लकडाउन गर्नेगरी मोडालिटी तयार पारेको हो । मुख्यसचिव नेतृत्वको कार्यदलले मोडालिटी तयार पारेको जनाइएको छ ।

यद्यपी कहिलेदेखि मोडालिटी अनुसार लकडाउन गर्ने भन्ने टुङ्गो लागेको छैन् । ‘स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय सं’क्रमित भनेका कारण त्यसको पेरिफेरीमा पुगेपछि मोडालिटीको विषयमा थप छलफल होला’ स्रोतले भन्यो ।

लकडाउन मोडालिटीमा दशैं चाड मनाउन जाने र फर्किने तथा टिका थाप्न जानेलाई कसरी नि’यन्त्रण गर्ने भन्ने विषयलाई जोड दिने भनिएको जनाइएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यो विषयमा कसरी सहजता ल्याउन सकिन्छ भनेर खोज्न निर्देशन दिईसकेका छन् ।

यो पनि:

२८ वर्षीया महिलाले जन्माइन् पाँच शिशु,थापाथली स्थित परोपकार प्रसुति गृहमा एक महिलाले पाँच शि’शुलाई जन्म दिएकी छन् । सोमबार बिहान नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले पाँच वटा शिशुलाई ज’न्म दिएको स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीले जानकारी दिए। पाँच मध्ये चार जना जीवित रहेको र १ जना भने जन्मनु अघि नै मृ’,त्यु भइसकेको उनले बताए ।

सुवेदीको नेतृत्वमा श’ल्यक्रिया मार्फत बिहान मृ,त सहित ५ शिशुको जन्म भएको हो । अहिलेसम्म आमाको अवस्था पनि सामान्य नै रहेको उनले बताए । जीवित शिशु चार छोरी छन्। मृतक शिशु भने छोरा थिए। उनको तौल ३०० ग्राम मात्र थियो । अपरेसनमा संलग्न चिकित्सक कृतिपाल सुवेदीका अनुसार चार शिशु र आमा सबै स्वस्थ छन्। ती शिशु १.८, १.९, १.६ किलोग्राम र ८०० ग्रामका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *