तेल ट्यांकरले ठक्कर दिँदा साइकलमा सवार १३ वर्षीया बालिकाको ज्या’न गयो

समाचार

काठमाडौ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा सोमबार साँझ तेल ट्यांकरले ठ’क्क’र दिँदा एक किशोरीको मृ’त्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको तिरहुत गाउँपालिका–३ का देवनारायण दासकी १३ वर्षीया छोरी लक्ष्मीकुमारी रहेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ३७३३ नम्बरको तेल ट्यांकरले ‘ठ’क्क’र दिँदा गम्भीर घाइते भएकी लक्ष्मीको विराट नर्सिङ होम विराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साइकलमा सवार लक्ष्मीलाई बाटो काट्ने क्रममा ट्यांकरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Leave a Reply

Your email address will not be published. Required fields are marked *