बेलायतबाट नेपाल फर्किएका पाँच जनामा नयाँ भाइरस

कोरोना अपडेट(कोभिड -१९)

१३ पुष २०७७, सोमबार काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ प्र’जाति (भे’रियन्ट)को उद्गमस्थल बेलायतबाट आएका १९३ जनालाई नि’गरानीमा राखेको छ । तीमध्ये पाँचजनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

इ’पिडिमियोलोजी तथा रो’ग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले नि’गरानीमा राखिएकालाई ज्वरो र रु’घा लागेको ल’क्षण देखिए पीसीआर परीक्षण गरेर उपचार गरिने जानकारी दिए । महाशाखाले आज मात्र तीमध्ये १२ जनाको पीसीआर परीक्षण गरेको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

मन्त्रालयले यसअघि नै सूचना जारी गरी यही पुस १ गतेदेखि ७ गतेभित्र बेलायत अथवा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गरेका सबैका अनिवार्य रुपमा १० दिन होटल क्वा’रेन्टिनमा बस्न अनुरोध गरेको थियो ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी कोभिड–१९ को विकसित रुप नै नयाँ प्र’जातिको भाइरस रहेको बताए । “ भाइरस परिवर्तन हुन्छन् । त्यस्तै कोभिड–१९ भाइरस परिवर्तन भएर नयाँ भाइरस बनेको हो” उनले भने, “कोभिड–१९ जस्तै यसको लक्षण हुन्छ । यसको सर्ने क्षमता भने अलि बढी नै छ । थप अध्ययन हुन बाँकी छ ।”

उनले कोभिड–१९ जस्तै यसले पनि फोक्सोमा असर गर्ने बताए । उनले बेलायत, अमेरिका र अफ्रिकाबाट आएका मानिसको पीसीआर परीक्षण र क्वा’रेन्टिनमा राखिएको जानकारी दिए ।महाशाखाका निर्देशक डा पाण्डेले पीसीआर परीक्षणबाट नै नयाँ प्र’जातिको भाइरस पत्ता लगाउन स’मस्या भइरहेकाले पुनःपरीक्षणका लागि बाहिर पठाउने तयारी पनि भइरहेको जानकारी दिए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रो’ग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले नयाँ प्र’जातिको भाइरसका बि’रामी कोभिड–१९ जस्तै रहेको र यसले सङ्क्रमण सार्ने दर ब’ढिरहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *