पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

कोरोना अपडेट(कोभिड -१९)

२४ असाेज, काठमाडाैँ ।संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो आएपछि शुक्रबार पीसीआर परीक्षण गराएका उनको शनिबार रिपोर्ट पोजेटिभ आएको हो ।

उनले फेसबुक मार्फत आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिँदै केही दिन यता सम्पर्कमा आएका सबैलाई सतर्क रहन आग्रह गरेका छन् । उनलाई अहिले ज्वरो बाहेक अरु लक्षण देखिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *