सुनको मुल्यले १ लाख १४ हजार नाघ्यो

अर्थ खबर

काठमाडौं । विश्वभर सुनको मुल्य लगातार बढ्दैछ । शनिबार सुनको मुल्य १ लाख १४ हजार (पाकिस्तानी रुपैयाँ) नाघेको छ । पाकिस्तानमा शनिबार २४ क्यारेट सुनको मुल्य तोलामा ११४,४०० रुपैयाँमा बिक्री भइरहेको छ । सुनको मुल्य शुक्रबारको तुलनमा ९०० रुपैयाँले बढेको हो ।

यता नेपाली बजारमापनि शुक्रबार सुनको भाउ बढेको छ। बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको भाउ प्रतितोला नौ सय रुपैयाँले बढेर ९४ हजार आठ सय कायम भएको छ।

बिहीबार यसको भाउ प्रतितोला ९३ हजार नौ सय रुपैयाँ रहेको थियो। यस्तै तेजावी सुनेको भाउ पनि प्रतितोला नौ सयले नै बढेर प्रतितोला ९४ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

बिहीबार यसको भाउ प्रतितोला ९३ हजार तिन सय रुपैयाँ थियो। यता चाँदीको पनि १५ ले बढेर एक हजार एक सय ९५ रुपैयाँ कायम भएको छ। सोमबार यसको भाउ एक हजार एक सय ८० रुपैयाँ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *