पाथीभरा क्षेत्रमा भि‘षण आ‘गलागी: मन्दिरनै जो‘खिममा, हेलिकोप्टरले बाहेक आगो निभाउने अवस्था छैन

समाचार

काठमाडौं , नेपालकै शक्तिपीठ मानिने ताप्लेजुङमा अवस्थित पाथीभरा क्षेत्रमा लागेको आगो नियन्त्रण बाहिर हुँदा मन्दिर क्षेत्र नै जो‘खिममा परेको छ। स्थानीय सामुदायिक वनमा लागेको आ‘गो मन्दिरतर्फ बढी रहेको र मानिसले नियन्त्रण गर्न सम्भव नभएको पाथीभरा मन्दिरका कर्मचारी राजेन्द्र महतले जानकारी दिए।

मन्दिरबाट करिव ३ किलोमिटर तल फावाखोलाको सिम्बु सामुदायिक वन क्षेत्रबाट सुरु भएको आ‘गो मन्दिरतर्फ बढी रहेको र मानवीय प्रयासले नियन्त्रण गर्न सम्भव नभएको महतले जानकारी दिए।

हावाको बे‘ग उकालो भागतर्फ केन्द्रित भएकोले आ‘गो बढ्न अझ स‘घाउ पुगिरहेको उनले बताए। आ‘गो पाथीभरा क्षेत्रको खानेपानी मुहानबाट उकालो बढी सकेकोले मन्दिर क्षेत्र जो‘खिममा परेको उनले बताए। ‘सुख्खा मौसम छ, भुईमा भएको बस्तुदेखि रुख समेत बल्दै गएका छन्’ मन्दिर क्षेत्र जो‘खिममा परेको अवस्था सुनाउँदै उनले भने।

अस्तिको दिनबाट सानो मात्रामा देखिएको आ‘गो हिजो पाथीभरा क्षेत्रका स्थानीय, प्रहरी र पाथीभरा क्षेत्रका कर्मचारी सबै लागेर नि‘भाएको भएपनि फेरि जंगलमा कसरी आ‘गो सुरु भयो भन्ने नि‘र्क्यौल नभएको उनले बताए।

आ‘गो नियन्त्रण गर्न हेलिकोप्टर बाहेक अर्को कुनै बिकल्प नभएको पाथीभरा क्षेत्र विकास समितिका सदस्य राजा मादेन(राजेन)ले जानकारी दिए। त्यहाँ पानीको समेत अ‘भाव रहेको छ। जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइले आ‘गो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र स‘शस्त्र प्रहरीको टोली आगलागी क्षेत्रतर्फ प्रस्थान गरेका बताए। तर, त्यो टोली आ‘गलागी भएको क्षेत्र पुग्न कम्तिमा ३ देखि ४ घण्टासम्म लाग्ने भएकोले आ‘गो नियन्त्रण गर्न स‘मस्या आउन सक्ने स्थिति देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *