धेरै परीक्षार्थीमा कोरोना संक्रमण पुष्टि भएकाले तोकिएको परीक्षा सारिएको अति जरुरी सूचना

शैक्षिक खबर

काठमाडौ । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित धेरै परीक्षाहरु सञ्चालन गरिरहेको छ । यही क्रममा त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालय रामपुर चितवन, नेपालले परीक्षा सम्बन्धी अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ । सूचनामा भनिएको छ ।

यस अध्ययन संस्थानद्धारा मिति २०७७ / ०८ / २१ गते प्रकाशित भएको वि. एस्सी. कृषि प्रथम सत्रको परीक्षा २०७७ / ०९ / १७ गतेबाट लिइने उल्लेख भएतापनि केही परीक्षा केन्द्रहरुका केही परीक्षार्थीमा कोभिड–१९ को संक्रमित भेटिएकोले यस्तो संवेदनशील अवस्थालाई ध्यानमा राखी थप जोखिम बढ्न नदिन मिति २०७७ / ०९ / १७ गतेबाट सञ्चालन हुने उक्त तहका परीक्षाहरु विशेष परिस्थितीले गर्दा मिति २०७७ / ०९ / २७ गतेबाट हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि श्रीमान् डीनज्यूको आदेशानुसार सुचित गरिन्छ, साथै सो तहको परीक्षा तालिका पछि प्रकाशित गरिनेछ ।

अन्तिम समयमा यो निर्णय भएकाले विद्यार्थीमा असुविधा पर्न जाने भएकाले सम्बन्धित सबैको जानकारीका लागि देख्नुहुने सबैले सूचना सेयर गरेर सहयोग गरिदिनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *